देश
आज रातिको मौसम : यी ४ प्रदेशमा छ वर्षाको सम्भावना

हाल देशको पहाडी भेगमा आंशिक बदली पातलो बादल रही बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।
गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका एक दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशका पूर्वी र मध्य भागमा भने बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपास क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।



