यस्तो पनि

पाकिस्तानी संसदका मुसा, जसलाई देख्दा बिराला तर्सिन्छन्

पाकिस्तानको संसद्‌मा नयाँ समस्या उत्पन्न भएको छ। तर त्यो समस्याको राजनीतिसँग कुनै सम्बन्ध छैन। देशको संसद्‌ भवनमा मुसाको प्रकोप देखा परेको छ। जनप्रतिनिधिहरू भेला हुने र छलफल गर्ने ठाउँमा ठूलाठूला मुसा देखेर नवप्रवेशीहरू तर्सिन्छन्।

मुसाको प्रकोप कति ठूलो रहेछ भन्ने कुराको भेउ एउटा समितिले सन् २००८ का बैठकहरूको अभिलेख खोज्न लगाउँदा पाइएको हो। अभिलेखहरू सङ्कलन गर्ने क्रममा अधिकांश कागजपत्र मुसाले काटेको अवस्थामा फेला परेका थिए।

यो तलामा मुसाहरू यति ठूला छन् कि तिनलाई देखेर बिरालाहरू पनि डराउँछन्, पाकिस्तानको तल्लो सदन न्याश्नल असेम्ब्लीका प्रवक्ता जफर सुल्तानले भने। इस्लामाबादमा अरू सरकारी भवनमा पनि मुसाको आतङ्क छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button