
डोल्पाबाट बिरामी बोकेर बाँकेको नेपालगञ्ज उडान भरेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सुर्खेतको लेकवेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ ।



लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर विसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै गर्दा मौसममा खराबी आएका कारणले सुर्खेतको लेकबेसी नगरपालिका–६ मा आकस्मिक अवतरण गरेको हो ।



हेलिकोप्टर साढे १२ बजेतिर खेतमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले बताए । उनका अनुसार अहिले मौसममा सुधार आएपछि हेलिकोप्टर सुर्खेत विमानस्थल ल्याइ पुर्याइएको छ ।



बिरामी सशस्त्र प्रहरीका असई विसीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।