No Image Headlineअर्थमुख्य खबर

बढ्दो सार्वजनिक ऋण : पूँजीगत खर्चभन्दा ऋणको साँवाब्याज भुक्तानीको रकम बढी

अन्तरराष्ट्रिय मुद्राकोषजस्ता निकायले नेपाल ऋणको पासोमा फस्ने स्थिति नरहेको बताइरहँदा गत आव नेपालले पूँजीगत खर्चभन्दा १ खर्ब १३ अर्ब रुपैयाँ बढी स्रोत ऋणको साँवाब्याज भुक्तानीमा लगाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आव २०८०/८१ मा सरकारले ३ खर्ब ५ अर्ब रुपैयाँ स्वदेशी तथा विदेशी ऋणको साँवाब्याज भुक्तानीमा खर्च गरेको छ ।

उक्त रकममध्ये आन्तरिक ऋण भुक्तानीमा २ खर्ब ५५ अर्ब रुपैयाँ र बाँकी बाह्य ऋण भुक्तानीमा खर्च भएको छ । गत आवको कुल पूँजीगत खर्च १ खर्ब ९२ अर्ब रुपैयाँ मात्र रहेको सरकारी आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले बताएको छ ।

झन्डै १ दशकदेखि बढ्न थालेको सार्वजनिक ऋण अघिल्लो आवको अन्त्यमा २४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाउँछ ।

यसमा बाह्य ऋणको अंश ५१ दशमलव ४७ प्रतिशत छ । ब्याजदर उच्च रहने भएकाले आन्तरिक ऋणको अंश कम भए पनि भुक्तानी भने आन्तरिक ऋणकै लागि बढी हुने गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button