No Image Headlineअर्थमुख्य खबरविशेष

तीन वर्षमा नेपालको सार्वजनिक ऋण जीडीपीको ५० प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण

आगामी तीन बर्षमा नेपालको सावर्जनिक ऋण कुल ग्राहस्थ उत्पादनको ५० प्रतिशत पुग्ने अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) अनुमान लगाएको छ । आईएमएफले सोमवार सार्वजनिक गरेको नेपाललाई दिईएको बिस्तारित ऋण सुविधाको चौथो स्टाफ प्रतिबेदन अनुसार आर्थिक बर्ष २०८३/८४ भित्र नेपालको सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादन (जिडिपी) ५० प्रतिशत पुग्ने देखिन्छ ।

यो अघिल्लो तेस्रो समिक्षाले अनुमान गरे भन्दा एक बर्ष अगाबै उक्त सीमासम्म सरकारी ऋण पुग्ने अनुमान गरिएको आईएमएफको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक बर्ष २०७३/७४ मा नेपालको सार्वजनिक ऋण जिडिपीको २५ प्रतिशत मात्र थियो । गत आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमासमा झण्डै जिडिपीको ४२ प्रतिशत सार्वजनिक ऋण पुगेको थियो ।

सरकारी दायित्व बढ्दै जानु तर त्यसलाई धान्नेगरी राजस्व उठाउन नसक्दा सरकार स्वदेशी तथा बैदेशिक ऋणमा भर पर्दै गएको छ । त्यसको प्रतिबिम्व बढ्दो सार्वजनिक ऋणमा देखिएको छ । अघिल्लो आर्थिक बर्षको जेठ मसान्तसम्म सार्वजनिक ऋण २३ खर्व ९३ अर्व पुगिसकेको सार्वजिनक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

२०७२ साल आएको भुँईचालको कारण पुननिर्माणको लागि लिनुपरेको ऋण तथा कोरोना महामारीका कारण त्यसवाट पार पार्न र महामारीले गाँजेको अर्थतन्त्रलाई सहयोग पुर्‍याउन लिएको ऋणको कारण सरकारी ऋण ह्वात्तै बढेको हो ।

पुर्व मन्त्री तथा अर्थ सचिव विद्याधर मल्किक हालको ऋण चिन्ताजनक स्थितिमा पुगिसकेको छैन । ‘ऋण कति लिने भन्ने कुरा तिर्ने क्षमतामा पनि भर पर्छ,’ उनले भने । ‘खासगरी वाह्य ऋणको हकमा भने बैदेशिक मुद्रा आम्दानी हुने दिगो स्रोत हुनु जरुरी छ ।’

नेपालको निर्यात धेरै सानो भए नेपालले विप्रेषण र पर्यटनवाट राम्रो बैदेशिक मुद्रा आर्जन गर्दै आईरहेको छ । नेपालले हालसम्म व्यापारिक ऋण नलिएकोले पनि वाह्य ऋणको दवाव नेपाललाई कम परेको हो ।

मल्लिकका अनुसार जिडिपीको ५०–६० प्रतिशत ऋण नेपालको लागि गार्‍हो हुने देखिन्न । तर उत्पादनमुलक र परिणाममुखी क्षेत्रमा ऋणको उपयोग हुनुपर्नेमा  उनले जोड दिए । आईएमएफले पनि नेपाल ऋणको चंगुलमा फस्ने सम्भावना कम रहेको मूल्यांकन गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button