No Image Headlineदृष्टि/संवाद

उद्यमी ओमप्रकाश मोरको विचार : दलहनमा १० प्रतिशत अग्रिम आय करले उत्पादन बढ्छ भन्नु बुद्धिविलासमात्र

सरकार स्वदेशी दलहन उत्पादनलाई प्रोत्साहन गर्न दलहन आयातमा १० प्रतिशत अग्रिम आय कर लगाएको बताउँछ । तर, नेपाली किसानले उत्पादन गरेको मसूरो, मास, मुग, रहर, चनाको उत्पादन खर्च कति छ भन्ने कुरा कृषि मन्त्रालयलाई थाहा हुँदैन । यस्तै बिक्री मूल्य कति छ भन्ने कुरा पनि थाह हुँदैन।

किसानको परल मूल्य र बिक्री मूल्यको यथार्थ बुझी आवश्यकतानुसार न्यूनतम समर्थन मूल्य तोकी सहुलियत समेत निर्धारण नगरे, स्वदेशमा उत्पादन गरी आयात प्रतिस्थापन गर्ने कल्पना बुद्धिविलासमात्र सावित हुनेछ ।

दाल दलहनको आयातमा अग्रिम आयकर र विभिन्न प्रकारका अन्य कर लगाउँदैमा स्वदेशी उत्पादन वृद्धि भई आयात घटने होइन । किन भने छिमेकी मुलुकमा शून्य दरको सीमा शुल्कमा पैठारी भई आएको सस्तो माल खुला सीमानाबाट अवैध पैठारी हुनेछ । उल्टै विदेशबाट हाल पैठारी भइरहेको गेडागुडीको आयातमा हाल उठिरहेको राजस्व पनि गुम्ने छ ।

किसानको उत्पादनमा नाफा नै नहुने परिस्थितिमा किसानले आफ्नो जग्गा नै बिक्री गरी रकम ब्याजमा लगानी गर्नु श्रेयशकर हुनेअवस्था विद्यमान रहेकोले स्वदेशमा उत्पादन वृद्धिको सोच साकार हुने छैन ।

यस गम्भीर मौजूदा परिस्थितीको बारेमा गहन चिन्तन गरी उचित पाइल नचाल्ने हो भने सबै दाल मिलहरू रूग्ण भई बन्द हुने छन् । अवैध पैठारीले प्रश्रय पाउने छ ।

कृषि दशकमा के के गर्ने लक्ष्य हो, यस बारे कुनै योजना छैन । योजना भए पनि कसरी लक्ष हासिल गर्ने ? सोबारे कुनै कार्यक्रम छैन । कुनै चमत्कारले १० वर्षमा खाद्य उत्पादनमा क्रान्ति आउँदैन। योजनाबद्ध काम गर्नु पर्छ । कविता वाचन गरेर वा नारामात्र दिएर लक्ष सिद्ध हुँदैन ।

ओमप्रकाश मोर उद्यमी हुन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button