अन्तराष्ट्रिययस्तो पनि

परिचय चोरेर उत्तर कोरियालीलाई अमेरिकी कम्पनीमा जागिर !

संयुक्त राज्य अमेरिकामा सरकारी वकिलहरूले एक अमेरिकी महिलालाई अन्य अमेरिकी नागरिकहरूको परिचय चोरेर उत्तर कोरियाली नागरिकहरूलाई जागिर खान र उनीहरूको तलब उत्तर कोरिया पठाउन सघाएको आरोपमा मुद्दा दायर गरेका छन्।

उक्त प्रकरणमा एरिजोनाकी क्रिस्टिना च्याप्मनसहित तीन उत्तर कोरियाली नागरिकविरुद्ध मुद्दा परेको हो।

अभियोजनकर्ताहरूका अनुसार च्याप्मनले अमेरिकी कम्पनीहरूमा कार्यालय नगई काम गर्न मिल्ने सूचनाप्रविधिसम्बन्धी जागिर दिलाउन अमेरिकी नागरिकहरूको नाम र परिचय चोरी तथा दुरुपयोग गरेकी थिइन्।

उनीविरुद्ध जालसाजीका सातवटा अभियोग लागेका छन्। अनुसन्धानकर्ताहरूले यो प्रकरण देखेर आफूहरूलाई चकित भएको बताएका छन्। उनीहरूका अनुसार ६० जनाको परिचय चोरेर गरिएको कामबाट ७० लाख अमेरिकी डलर बराबरको तलब बुझेको पाइएको छ।

उत्तर कोरिया पठाइएको उक्त रकम अस्त्र निर्माण परियोजनामा प्रयोग भएको हुन सक्ने आशङ्का गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button