यस्तो पनि

बाख्रालाई घाँस खुवाउँदा ५ हजार जरिवाना !

Patanjali Nepal
Sweet Mart Food

ललितपुर महानगरपालिकाले सडक पेटीमा रुख विरुवा रोपेर हरियाली बनाएको छ । तर, सडकमा रोपिएका बिरुवा काटेर बाख्रालाई घाँस खुवाउने कार्य पनि हुने गरेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।

काठमाडौं र ललितपुर दुबै शहरका सडक पेटीमा रोपिएका विरुवा भाँच्ने, उखेल्ने आदि समस्या देखिँदै आएका छन् ।

यसै सन्दर्भमा सडक पेटीको रुख काटेर बाख्रालाई घाँस खुवाएको आरोपमा ललितपुर महानगरपालिकाले शुक्रबार एक व्यक्तिलाई ६ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

सडकको पेटीमा रोपिएको विरुवा काटेर बाख्रालाई घाँस खुवाएको आरोपमा महानगरपालिकाले वडा नम्बर २५  भैंसेपाटीका स्थानीय लालबहादुर लामासँग ५ हजार रुपैयाँ जरिवाना असुल गर्ने निर्णय गरेको हो ।

लामाले सडक पेटीमा रापिएको रुखको मोटो हाँगो काटेर बाख्रलाई घाँस हालेको महानगरको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button