No Image Headlineखबर फटाफटदेश

मिथिलाञ्चलमा चैतीछठ शुरु, ४ दिनसम्म मनाइने

Thrill Factory
Rungta Group

मिथिलाञ्चलमा चैतीछठ विधिपूर्वक शुरु भएको छ । आजदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठोत्सव मनाइन्छ ।

शहरी एवम् ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा नदी किनारमा सूर्यको उपासना तथा पूजाआराधनाका साथ मनाइन्छ । छठोत्सवमा अस्ताउँदो र उदाउँदो सूर्यको विशेष पूजा गरिन्छ ।

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो । पारिवारिक सुख, शान्ति, समृद्धिका खातिर श्रद्धापूर्वक छठोत्सव मनाउने गरिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button