खेल संसार

पाकिस्तान सुपर लिगको उपाधि इस्लामावादलाई

Thrill Factory
Rungta Group

पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटको उपाधि इस्लामावाद युनाइटेडले जितेको छ । गएराति कराँचीस्थित नेशनल क्रिकेट रङ्गशालामा भएको खेलमा मुल्तान सुल्तानलाई दुई विकेटले हराउँदै इस्लामावादले उपाधि जितेको हो ।

मुल्तानले प्रस्तुत गरेको १६० रनको लक्ष्य इस्तामावादले अन्तिम बलमा आठ विकेट गुमाएर पूरा गर्‍याे

इस्तामाबादका मार्टिन गप्टिलले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी, अजाम खानले ३०, इमाद वासिमले १९, कोलिन मुनरो र नसिम शाहले १७–१७ तथा आगा सलमानले १० रन जोडे ।

मुल्तान सुल्तानका खुसदिल शाह र इफ्तिखर अहमदले दुई–दुई तथा डेविड विली, मोहम्मद अली र उस्मान मिरले एक–एक विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मुल्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

मुल्तानका उस्मान खानले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले । यस्तै, इफ्तिखर अहमदले अविजित ३२, कप्तान मोहम्मद रिजवानले २६ र खुसदिल शाहले ११ रन जोडे। इस्लामावादका लागि इमाद वासिमले पाँच तथा शदाब खानले तीन विकेट लिए ।

इस्लामावादको यो तेस्रो पीएसएल उपाधि हो । यसअघि सन् २०१६ र २०१८ मा पनि इस्लामावादले उपाधि जितेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button