खेल संसार

एफए कप : चेल्सी सेमिफाइनलमा प्रवेश

Thrill Factory
Rungta Group

एफए कप फुटबलमा चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति लेस्टर सिटीलाई ४–२ गोलले हराउँदै चेल्सी सेमिफाइनलमा पुगेको हो ।

चेल्सीका मार्क कुकुरेला, कोल पाल्मर, कार्ने चुक्वाहमेका र नोनी मडेकले गोल एक–एक गोल गरे । लेस्टरका लागि स्टेफी माविडिडीले एक गोल गरे भने एक गोल आत्मधाती उपहार स्वरुप प्राप्त भएको थियो ।

चेल्सीका कुकुरेलाले खेलको १३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा पाल्मेरले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ५१ मिनेटमा चेल्सीका एक्सल डिसासीले आत्मघाती गोल गरेपछि खेले २–१ गोलको अवस्थामा आयो । यसैगरी खेलको ६२औँ मिनेटमा माविडिडीले गोल गर्दै लेस्टर सिटी २–२ गोलको बराबरीमा आइपुग्यो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा चेल्सीका चुक्वाहमेका र मडेकले गोल गर्दै टोलीलाई ४–२ गोलको जित दिलाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button