खबर फटाफटयस्तो पनि

त्रिविको बेभसाइट खोल्दा खुल्यो व्यक्तिको फेसबुक

Thrill Factory
Rungta Group

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय पनिकाले माघ १५ गतेबाट अनलाइन सेवा सुरू गर्‍यो।

पनिकाले प्रदान गर्ने सेवाहरू अनलाइनमार्फत प्रवाह गर्ने भन्दै अनलाइन सिस्टमको विकास गरेको थियो । उक्त कार्यको त्रिविका उपकुलपति प्राडा शिवलाल भुसालले उद्घाटन समेत गरे । अनलाइन सेवा सुरू गरेको दोस्रो दिन नै समस्या देखिएको छ।

हिजोदेखि अनलाइन सेवा सुरु गरेको पनिकाको  अनलाइन खोल्दा सिधै रोहित रोकाया भन्ने फेसबुक अकाउन्ट खुल्न थालेको हो।

आज दिउसोसम्म सर्भर नै डाउन थियो । तर, अहिले भने वेबसाइट खुल्दा व्यक्तिको फेसबुक नै खुल्न थालेको हो। पुर्व तयारी बिना तथा अनलाइन पुर्ण नगरिकन अनलाइन सेवा सुरू गरेपछि यस्तो समस्या आएको हो।

यसअघि अनलाइन सिस्टमको माघ १० गते डेमो गरिएको थियो। उक्त डेमा भने सफल भएको थियो। वेबसाइट भद्रगोल भएको विषयमा पनिकाले भने केही जानकारी दिएको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button