स्वास्थ्य/जिवनशैली

घरमा रबर प्लान्ट राख्नुका यस्ता छन् फाईदा

Thrill Factory
Rungta Group

इन्डोर प्लान्टहरू रोप्ने चलन निकै बढेको छ । यसले घर सुन्दर देखाउन मात्र नभइ वरिपरिको वातावरणलाई पनि सफा, स्वच्छ राख्न निकै मद्दत गर्दछ ।

इन्डोर प्लान्ट घरको कोठा, बार्दली, भर्‍याङ जस्ता ठाउँमा सजाउन सकिन्छ । धेरै इन्डोर प्लान्टहरू मध्ये एक हो– रबर प्लान्ट ।

रबर प्लान्ट ठूला र चिल्ला पात भएको बिरुवा हो । यो बिरुवा घरमा रोप्दा यसले वरिपरिको हावालाई स्वच्छ राख्न मद्दत गर्छ ।

रबर प्लान्टलाई उज्यालो, अप्रत्यक्ष प्रकाश आउने ठाउँमा रोप्न सकिन्छ । यो यस्तो बिरुवा हो जसलाई माटो सुख्खा भएपछि मात्र पानी हाल्नु पर्छ ।

यो बिरुवा घरको जुनै कोठाको झ्यालको छेउमा राख्न सकिन्छ । यसले ताजा हावा प्रदान गर्न मद्दत गर्छ ।

यसले हावामा रहेको कार्बनडाइअक्साइडको मात्रा सोसेर अक्सिजन प्रदान गर्न मद्दत गर्छ ।

रबर प्लान्ट राम्रो एयर प्युरिफायर हो । यसले घरमा रहेको हानिकारक धुलोका कणहरूलाई हटाउन मद्दत समेत गर्दछ ।  

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button