No Image Headlineकला/साहित्य

द भ्वाइस अफ नेपालको पाँचौँ सिजनको उपाधि विनोद राईको हातमा

Thrill Factory
Rungta Group

द भ्वाइस अफ नेपालको पाँचौँ सिजनको उपाधि इलामका विनोद राईले जितेका छन् ।

शुत्रबार राति ललितपुर गोदावरीमा रहेको सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन् । दर्शकले दिएको भोटको आधारमा विजेता घोषणा गरिएको हो । विजेता राई कोच मिलन नेवारको समूहबाट प्रतिनिधित्व गर्छन् ।

यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन् ।

द भ्वाइस अफ नेपालको पाँचौँ सिजनमा प्रमोद खरेल, राजेश पायल राई, मिलन नेवार र उदय सोताङ कोचको भूमिकामा रहेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button