खबर फटाफटयस्तो पनि

मम पसलमा जागिर दिने प्रलोभनमा झिकियो मिर्गौला !

Patanjali Nepal
Sweet Mart Food

मानव अङ्ग मिर्गौला बेचबिखनमा संलग्न रही फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरि दर्जी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

उनका अनुसार दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौँबाट पक्राउ गरी सार्वजनिक गरेको हो।

पीडितलाई दर्जीले भारतको कोलकातास्थित एक मम पसलमा राम्रो काम लगाइदिने प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत लगेर अस्पतालमा बेहोस पारी मिर्गौला झिक्न लगाएका थिए।

दर्जीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धानका लागि सात दिन म्याद थप भएको प्रवक्ता कडायतले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button