यस्तो पनि

छोराको अस्तु चन्द्रमामा पुर्‍याउने आमा !

Patanjali Nepal
Sweet Mart Food

सन् २०२४ को जनवरीमा संयुक्त राज्य अमेरिकाको केप कनाभरलबाट एउटा अन्तरिक्षयान चन्द्रमाका लागि प्रस्थान गर्ने छ र ७० जनाभन्दा बढी मानिसको अस्तुलाई चन्द्रमामा अवतरण गराउने छ।

ती ७० जनामध्ये एक हुन् मोटरसाइकल दुर्घटनामा बितेका १६ वर्षे लिअम आनन्द। ‘त्यसपछि जब म बाहिर जान्छु र माथि हेर्छु, क्यानडाका यी किशोरकी आमा नडीन भन्छिन्, उसको शरीरको एउटा अङ्ग चन्द्रमामा भएको थाहा पाउँदा त्यो जादुमय, भावुक र आनन्ददायी हुनेछ।’

सन् २०१८ मा दुर्घटनामा लिअम बितेपछि उनको परिवारले सामान्य अन्तिम संस्कारभन्दा थप केही गर्न चाहेको थियो।

मङ्गल ग्रहमा जाने सपना बोकेका किशोरको निधन भएपछि उनकी आमा छोराको सम्झनामा त्यस सपनासँग मिल्दोजुल्दो केही काम गर्न चाहन्थिन्। त्यस क्रममा इन्टरनेटमा खोज्दा उनले चन्द्रमामा अस्तु पुर्‍याउने नयाँ कार्यक्रमबारे थाहा पाइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button