अन्तराष्ट्रिययस्तो पनि

अमेरिकी राष्ट्रपति बाइडेनको सवारी दुर्घटनामा परेपछि…

Patanjali Nepal
Sweet Mart Food

अमेरिकी राष्ट्रपति जो बाइडेनको सवारी दुर्घटनामा परेको छ । डेलावायर राज्यस्थित विल्मिङटन सहरमा रहेको राष्ट्रपतीय चुनावी अभियानको कार्यालयमा जो बाइडेनको सवारी दुर्घटनामा परेको हो ।

राष्ट्रपतीय मोटरको लस्करमा सामेल एउटा गाडीलाई तीव्र गतिमा आइरहेको सेडान कारले ठक्कर दिएको थियो । ठक्कर खाएको गाडीमा भने राष्ट्रपति सवार थिएनन् ।

उनी दुर्घटनास्थलबाट ४० मिटरको दूरीमा रहेको जनाइएको छ । दुर्घटनापछि राष्ट्रपतिलाई सुरक्षाकर्मीले हतारहतार अर्को गाडीमा हुलेका थिए ।

राष्ट्रपतिको सवारी दुर्घटनामा पर्नुको कारणबारे अझै स्पष्ट हुन नसकेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनापछि राष्ट्रपति र प्रथम महिला सुरक्षित रहेको ह्वाइट हाउसका अधिकारीले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button