स्वास्थ्य/जिवनशैली

महिलाहरुले किन छेड्छन् नाक, यस्तो छ कारण

Thrill Factory
Rungta Group

फुली स्त्रीजातिले नाकमा लगाउने सानो फूलको आकारको सुनको गहना हो । फुली नेपाली गहना हो । यसलाई ठाउँ अनुसार नाकफूली पनि भन्ने गरिन्छ । नेपालमा नेवार जातिबाहेक प्राय सबै जातिले लगाउने फुली एउटै प्रकारका हुन्छन् । नेपाली समाजमा आफ्ना छोरी चेलीलाई सानैमा नै नाक छेडिदिएर फुली लगाइदिने प्रचलन रहिआएको छ । 

पछिल्लो समय नाकमा फुली लगाउने र नाक छेड्ने कामलाई अनिवार्य मानिएको छैन । कसैलाई मन लागेन भने अहिले नाकनछेड्न पनिपाइन्छ तर पहिला अनिवार्य नै जस्तो थियो । 

नाकमा फुली लगाउनुको आफ्नै छुट्टै मान्यता रहेकाछन् । हिन्दु शास्त्रको पवित्रग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरूलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिनपनि सजिलो हुने धार्मिक विश्वास छ ।

नाक छेड्नुलाई चिकित्सकीय शास्त्रमा पनि राम्रो मानेको छ । नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरूको भनाई छ । तर देब्रे नाक नै छेड्नुको कारण प्रजनन अङ्गसँग जोडिएको छ । 

अर्थात् महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने हुँदा प्रजनन अङ्गमा नकारात्मक असर नपरोस् भनेर पनि देब्रे नाक नै छेडिने जानकारहरू बताउँछन् ।  

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button