कृषि

माल्टामाथि इंग्ल्याण्डको सहज जित

Thrill Factory
Rungta Group

युरोकप २०२४ छनोटमा इंग्ल्याण्डले सहज जित निकालेको छ । गएराति घरेलु मैदान वेम्बली रंगशालामा भएको खेलमा माल्टालाई २–० गोलले हराउँदै इंग्ल्याण्डले जित निकालेको हो ।

इंग्ल्याण्डका लागि ह्यारी केनले एक गोल गरेका थिए भने एक गोल माल्टाको आत्मघातीबाट प्राप्त भएको थियो । 

खेलको आठौँ मिनेटमै माल्टाका इनरिको पेपेले आत्मघाती गोल गरेका थिए । त्यसपछि ७५औँ मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डको अग्रतालाई दोब्बर बनाए ।

यो जितसँगै समूह ‘सी’ मा अपराजित रहेको इंग्ल्याण्ड ७ खेलबाट १९ अंकका साथ शीर्षस्थानमा छ । पराजित भएको माल्टा अंक विहीन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button