कृषि

बलात्कारी बुबालाई आफ्नै छोरीले हानिन् गोली

Thrill Factory
Rungta Group

पाकिस्तानको पञ्जाब प्रान्तमा एक किशोरीले आफ्नै बुबाको गोली हानेर हत्या गरेकी छिन् । मृतककी १४ वर्षीया छोरीले प्रहरीलाई दिएको बयानमा बुबाले तीन महिनादेखि बलात्कार गर्दै आएको बताइन् ।

किशोरीले आफू डरलाग्दो अवस्थाबाट गुज्रिरहेकाले बलात्कारी बुबालाई मार्ने निधो गरेर गोली हानेको प्रहरी समक्ष बयान दिएकी छिन् । प्रहरी अधिकारीका अनुसार सबै पक्षबाट अनुसन्धान गरी किशोरीविरुद्ध मुद्दा दर्ता गरिने छ ।

किशोरीले बुबामाथि गोली प्रहार गरेपछि परिवारका अन्य सदस्यले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै सिभिल लाइन्सका एसपी हसन भट्टी र प्रहरी वरिष्ठ अधिकारीले किशोरी, उनकी आमा, भाइ र छिमेकीलाई पक्राउ गरेका थिए ।

घटनाको एक दिन अघि आइतबार मात्र एक पाकिस्तानी अदालतले एक नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button