No Image Headlineविशेष

वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरमा अघोषित लोडसेडिङ, दैनिक ९ घण्टासम्म विद्युत कटौति

Thrill Factory
Rungta Group

विकास निर्माणका काम सामान्य अवस्थामा चलेको हुन्थ्यो भने अहिले निर्माण सामग्री उद्योगका लागि ‘पिक सिजन’ हो । सामान्यतः कात्तिक/मङ्सिरदेखि जेठसम्म निर्माणका कामले गति लिने भएकाले यो समयमा यस्ता सामग्रीको माग बढी हुन्छ । तर, यसपटक त्यस्तो छैन ।

कोरोना महामारीयता सुस्ताएको बजार, घरजग्गा र निर्माणमा कसिलो नीतिका कारण बजार खस्किएको छ । विकास निर्माणका गतिविधिमा आएको मन्दीले यसै त निर्माण सामग्रीको बजार खुम्चिएको छ, त्यसमाथि नेपाल विद्युत् प्राधिकरणले गरेको अघोषित लोडशेडिङका कारण फाट्टफुट्ट आएको माग पनि पूर्ति गर्न नसक्ने स्थिति उत्पन्न भएको उद्यमीहरूले बाताएका छन् ।

निर्माणको क्षेत्रमा आएको मन्दीबीच केही समययता थोरै परिमाणमा भए पनि माग बढ्न थालेकोमा विद्युत् अभावमा उत्पादन नै गर्न नसकिएको एक डन्डी उद्योगीले बताए । ‘बजार सुध्रिन लागेको हो कि जस्तो भएको मात्रै के थियो, ऊर्जा अभावमा उत्पादन गर्नै नसकिने अवस्था आयो,’ ती उद्योगीले भने ।

प्राधिकरणले बारा/पर्साका उद्योगीलाई अनौपचारिक रूपमा समय नै तोकेर उद्योग नचलाउन भनिरहेको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालका अनुसार प्राधिकरणका अधिकारीहरूले उद्योगीलाई फोन गरेरै यस्तो आग्रह गरिरहेका छन् ।

प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका औद्योगिक ग्राहकलाई यस्तो आग्रह गरिएको हो । बिहान ६ देखि ८ र साँझ ५ देखि ९ बजेसम्म उद्योग नचलाउन भनिएको हो ।

यो प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योगमा प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्न सक्दैन । बढी विद्युत् खपत गर्ने उद्योगलाई प्राधिकरणले ६६ केभीबाट आपूर्ति दिएको छ ।

प्राधिकरणले समय नै तोकेर उद्योग नचलाउन भने पनि त्यो समयबाहेक पनि पटकपटक विद्युत् कटौती गरिरहेको उद्योगीहरूको गुनासो छ ।

‘एक त प्राधिकरणले घोषित रूपमा लोडशेडिङ नगरी उद्योग नचलाएर सहयोग गर्न भनिरहेको छ, त्यसमा पनि पटकपटक विद्युत् कटौती भइरहेको छ,’ एक उद्यमीले भने । सुक्खा मौसमका कारण विद्युत् उत्पादनमा आएको कमी र आवश्यकताअनुसार आयात हुन नसक्दा आपूर्तिमा समस्या भएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

पिक आवरमा हुने बढी माग व्यवस्थापन गर्न उद्योगमा आपूर्ति कटौती गरिएको उनीहरूले बताउने गरेका छन् । विगत ६ महीनादेखि उद्योगमा विद्युत् आपूर्ति
नियमित छैन ।

समय नै तोकेर उद्योग नचलाउन भनेपछि अरू समयमा नियमित र गुणस्तरीय आपूर्ति हुनुपर्ने उपाध्यक्ष राजपालको भनाइ छ । दैनिक ८/९ घण्टासम्म विद्युत् काटिएको उनले बताए ।

आपूर्ति नियमित नहुँदा उद्योगको उत्पादन नै प्रभावित भएको उद्योगीहरूले बताए । प्राधिकरणको ३३ केभी प्रसारणमा पनि विद्युत् कटौतीको समस्या रहेको उनीहरूको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button