No Image Headlineदृष्टि/संवाद

संसदमै अर्धनग्न हुने अवस्था किन बन्यो, यता पनि सोच्ने कि ?

प्रकाशकुमार उपाध्याय

Thrill Factory
Rungta Group

संसदमा एकजना सांसदले अर्धनग्न हुने सम्मको अवस्था कसरी आयो? कुनै लहड मा वा बौलाएर आएको त पक्कै पनि होइन होला।

मिलीजुली राज्य सत्ताको दोहन गर्ने सिन्डीगेट प्रणाली र देश लाई कंगाल बनाउनेसम्मको संस्थागत भ्रष्टाचारविरुद्धको आक्रोश हो डा.अमरेश कुमार सिंहको यो विरोध गर्ने शैली।

यसलाई कसैले अश्लील हर्कत भनोस वा अमर्यादित शैली। नजरिया फरक हुन सक्छ, बुझाई पनि फरक होला । तर नेपाल को संसदीय ईतिहास मा यो पहिलो घटना भयो।

राष्ट्रिय अन्तराष्ट्रिय जगतले नेपालको वर्तमान राजनीतिलाई गम्भिरतापूर्वक समीक्षा हुनुपर्छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्मको हर्कत गर्ने नेपालका नेता र प्रशासकहरूले देशकै बेईज्जत गरेर जग हसाई गरेका छन्।

त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्ने सवालमा पनि मेरो वा तेरो पार्टी को मान्छे भनेर मतमतान्तर गर्नु हाम्रो राजनीतिको दुखद पक्ष हो।

अत: समयमै यस्तो वेथिति विसंगतिलाई सच्याउने र समाप्त गर्नेतिर गम्भीर नहुने हो भने जनतालाई सुशासन र समृद्धिको सपना नदेखाए हुन्छ।

डा.अमरेश त एउटा प्रतिनिधि पात्रमात्र हुन्। भोलि संसददेखि सडकसम्म धेरै अमरेशहरू ननिस्केलान भन्न सकिन्न।

अति गर्नु अत्याचार नगर्नु ,पाप धुरी बाट कराउछ भने झै लोकतन्त्रको नाममा लुटतन्त्र बन्द गर्न अब सबै जनता सजग हुनुपर्ने छ। No Not Again / Enough is Enough त्यत्तिकै भनिएको त होइन रहेछ नि।

उपाध्याय नेपाली काङ्ग्रेसका नेता हुन् ।

Related Articles

One Comment

  1. बोलने समय मांगदा पनि सभामुख ज्युले नदिये पछि र भ्रष्टाचार को प्रकास्टा सभासद र vip हरुबाट नांघेपछि विरोध गर्ने यो मात्रै विकल्प थियो । मेरो समर्थन छ डा० अमरेश कुमार सिंह लाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button