गर्मी मौसममा हुने एलर्जी र बच्ने उपाय
गर्मी मौसममा हाम्रो छालामा एलर्जी र फंगल इन्फेक्सन दुबैको कारणले रातो रातो दाग देखा पर्ने गर्ने र चिलाउने हुन्छ। सरसफाइमा ध्यान दिइएन भने पसिनासँगै इन्फेक्सन पनि बल्झिएर आउँछ। गर्मीयाममा फंगस धेरै हुन्छ र इन्फेक्सन बढ्छ। जसकारण छालामा रातो दाग आउने चिलाउने हुन्छ। सेतो दाग आएको छ भने धेरैले दुबी आएको भन्ने चलन पनि हुन्छ। तर दुबी आएको अवस्थामा चिलाउँदैन।
उपचारको पाटो वा कस्तो सावधानी अपनाउने त ?
-दैनिक सरसफाइमा ध्यान दिने,
-हात गोडा थोइरहने,
-व्यक्तिगत सामान जस्तो कम्बल, स्विम सुट, तौली अर्को व्यक्तिसँग सेयर नगर्ने,
-पौष्टिक आहार लिने,
-छालाको संक्रमण भएका व्यक्तिको सोझो सम्पर्कमा रहने,
-दिनमा एकपटक नुहाउनुपर्छ। नुहाउन सकिएन भने रुमालले मात्र भए पनि शरीर पुछेर बडी लोसन लगाउदा छालामा समस्या हुँदैन,
-एन्टिफंगल पाउडर बडी फोल्डमा लगाउने,
-पिम्पल आउने व्यक्तिले बिहान बेलुका मुख धुने र सनब्लक क्रिम लगाउने,
-घर बाहिर निस्कदाँ शरीर पुरै छोप्ने खालका लुगा लगाउने,
घाममा हिँड्दा छाताको प्रयोग गर्नुपर्छ,
-घाम र वातावरण प्रदूषणबाट बच्ने,
-कोकोनट ओइल लगाउँदा शरीर सित्तल हुन्छ। जसले गर्दा छालामा घमौरा आउँदैन।