अन्तराष्ट्रिय

म्यान्मारमा जारी सङ्कटकाल थप छ महिना लम्ब्याउने घोषणा

Thrill Factory
Rungta Group

म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ ।

देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो ।

सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि घोषणा गरिएको आपतकालीन अवस्था लम्ब्याउन सैन्य सरकार हुन्टाका प्रमुख मिन आङ ह्लाइङले गरेको आग्रहलाई स्वीकार गरिएको सरकारी प्रसारक एमआरटीभीले जनाएको छ ।

म्यान्मारमा दुई वर्षअघि भएको सैन्य ‘कू’ पछि हुन्टा सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा करिब दुई हजार सात सय जनाको मृत्यु भएको छ भने सयौैँ नागरिकलाई राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button