खबर फटाफट

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन

Thrill Factory
Rungta Group

नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले दिएको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।

महान्यायाधीवक्ताको कार्यालयले लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

उच्च अदालत पाटनले गत पुस २८ गते लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसअघि काठमाडौँ गौशालामा रहेको एक होटेलमा आफूमाथि बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button