No Image Headlineअर्थ

धितोपत्र दोस्रो बजार सकारात्मक गतिमा, कस्तो होला आगामी यात्रा ?

Thrill Factory
Rungta Group

गत साताको कारोबारमा धितोपत्र दोस्रो बजारको गति सकारात्मकनै देखिएको छ । बजारका महत्वपूर्ण सूचकहरूलाई आधार मान्दा बजार सकारात्मक देखिएको हो ।

अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार १७८ दशमलव ८१ विन्दुमा रहेको नेप्से परिसूचक ४ दशमलव ४० अंक बढेर २ हजार १८३ दशमलव २१ विन्दुमा पुगेर बन्द भएको हो ।

नेप्से परिसूचक सामान्य अंकले बढे पनि ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ९१ अंक घटेको छ । अघिल्लो साता ४१५ दशमलव शून्य ५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स गत साताको अन्तिम कारोबार दिनमा भने ४१३ दशमलव १४ विन्दुमा झरेको हो ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी प्रयाप्त रहेको अवस्थामा बजार सकारात्मक गतिमा अघि बढुनुको विकल्प नभएको जानकार लगानीकर्ताहरु बताउँछन् ।

यतिबेला लगानीकर्ता बजार सुधारका लागि केहि नयाँ कुराको प्रतिक्षामा रहेको देखिन्छ एक ब्रोकरले भने लगानीका लागि पूँजी भएपनि लगानी गर्ने या नगर्ने दोधारमा लगानीकर्ता रहेका छन् ।

नयाँ सरकार गठनसँगै धितोपत्र बजारका लगानीकर्ताले बजार सुधारको नयाँ कार्यक्रमको अपेक्षा गरेको ब्रोकरहरूको बुझाइ छ ।

एक वर्षभन्दा बढी समय घटेको बजार उकालो गतिमा भएपनि यसको निरन्तता प्रति लगानीकर्ता विश्वस्त हुन नसकेको अनुमान ब्रोकरहरूको छ ।

धितोपत्र बजारको गति लगानीकर्ताको हौसलासँग सम्बन्धित रहेकाले केहि नयाँ नीति तथा कार्यक्रम आए बजारप्रति लगानीकर्ताको उत्साह बढ्ने आशा ब्रोकरहरूले गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button