कृषि

इण्डोनेशियामा भूकम्प, कैयौँको मृत्यु

इण्डोनेशियाको पश्चिम जाभाको चिआनजोरमा आएको भूकम्पका कारण कम्तीमा ५६ जनाको ज्यान गएको र कम्तीमा ७०० जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

उक्त क्षेत्रका एक सरकारी अधिकारीले स्थानीय टेलिभिजनसँग कुरा गर्दै करिब २० जनाको एउटै अस्पतालमा ज्यान गएको बताए। सयौँ मानिसहरूको उपचार भइरहेको उनले बताए।

उक्त भूकम्प ५.६ म्याग्निच्युडको भएको र त्यसको कम्पन सय किलोमिटर पर रहेको राजधानी जाकार्तामा समेत अनुभव गरिएको बताइएको छ।

त्यहाँको व्यापारिक क्षेत्रमा कार्यालयहरूबाट मानिसहरू भागेका थिए। भूकम्पमा परेर हताहत हुनेको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

निजी घरहरू, इस्लामिक बोर्डिङ् स्कूल तथा सरकारी भवनहरूका अतिरिक्त चिआन्जोर अस्पतालमा समेत क्षति पुगेको बताइएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button