No Image Headlineग्यालरीदेश

एजेण्डाविहीन नेता आरोपप्रत्यारोपमा मग्न, मतदाताले के अपेक्षा गर्ने ? (भिडियोसहित)

Thrill Factory
Rungta Group

चुनाव जित्न मतदाताको मन जित्न सक्नु पर्दछ । मतदाताको मनमा बस्न जनताको आवश्यकता र अपेक्षा सम्बोधन हुने गरी योजना ल्याउनु पर्दछ ।

तर, पर्साको क्षेत्र नं. ३ ख का प्रदेशसभा सदस्य पदका उम्मेदवाहरु स्थानीय सरोकारका विकासका विषय होइन, प्रतिस्पर्धीलाई गालीगलौजमा उत्रिएका छन् ।

दुवैले आफूलाई सत्ता गठबन्धनको उम्मेदवार बताउने नेपाली कांग्रेसका जनार्दन सिंह क्षेत्री र नेकपा समाजवादी केन्द्रका प्रल्हाद गिरी एकअर्काविद्ध आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

गिरीले सिंहलाई फटिचर, फटाहा र भ्रष्टाचारी भनेका छन् भने सिंहले गिरीलाई ब्रेकफास्टमा एउटा, लन्चमा अर्को र डिनरमा अर्कै पार्टी चाहार्ने आफ्नै ठेगान नभएको दलबदलु मोबाइल नेताको आरोप लगाएका छन् ।

चुनावको बेला स्थानीय समस्याको सम्बोधन र आगामी ५ वर्षमा गर्ने कामको फेहरिस्तसहित मतदातामा जानुपर्ने नेता आफैंमा अमर्यादित गालीगलौजमा उत्रिएपछि यस्ता नेताबाट के अपेक्षा गर्न सकिन्छ भन्दै मतदाताले प्रश्न गर्न थालेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button