यस्तो पनि

एलियन : साँच्चै जीव हुन् कि काल्पनामात्रै ?

Thrill Factory
Rungta Group

यदि साँच्चिकै एलियन अर्थात अर्कै ग्रहका काल्पनिक जीवसँग जम्काभेट भए मानिसहरूले तिनीहरूसँग कस्तो व्यवहार गर्छन् होला?

पृ्थ्वीभन्दा बाहिर एलियन जीवनको प्रमाण हालसम्म फेला परेको छैन। तर त्यसको खोजी एकदमै जारी छ। निकट भविष्यमा त्यस्तो प्रमाण भेटिएपनि अधिक सम्भावना के छ भने त्यस्तो जीवन फिल्म वा टिभीमा देखाइने मानिसजस्तै लाग्ने प्राणीभन्दा मङ्गलग्रहमा कुनै साना जीवाणु कुनै समयमा अस्तित्वमा रहेका चिन्ह जस्ता हुनसक्छन्।

एक्जोप्लानेटहरू (सौर्यमण्डलभन्दा बाहिरका ग्रह) छन् र तीमध्ये कतिपयमा त पानी समेत रहेकाले त्यहाँ जीवन हुनसक्ने पनि ठानिएको छ।

मानवजातिले एलियन भेटेमा तिनीहरूसँग राम्रो व्यवहार गर्लान् भन्नेमा लेखकहरू आशावादी पाइँदैनन्।

शायद यस ग्रहकै मानिस वा अन्य प्राणीहरूलाई अधिकार दिने विषयको इतिहास त्यसको कारण हुनसक्छ। त्यस्ता अधिकार रक्षाका निम्ति कैयन् अन्तर्राष्ट्रिय सन्धिसम्झौता भए पनि तिनको कार्यान्वयन फितलो छ।

कसैले हरण गर्न नसक्ने विश्वव्यापी अधिकार – सबै मानिसका निम्ति ग्यारेन्टी गरिएको अधिकार – लाई अन्तर्राष्ट्रिय समुदायले द्वितीय विश्वयुद्धको त्रासदीपश्चात् सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्रको रूपमा लिपिबद्ध गरेको थियो।

तर ती अधिकार लागु गराउने क्षमता अझै सीमित छ। त्यसले पनि यदि मानिसले एलियन भेटे कस्तो व्यवहार गर्ला भन्ने एउटा छनक दिन्छ। हालैका वर्षहरूमा मात्र पशुहरूको अधिकारको विषय उठ्न थालेका छन्। एलियनको विषयमा यस्ता खुला अन्तर्राष्ट्रिय छलफल हुनै बाँकी छन्।

पृथ्वीसम्म आइपुग्ने कुनै प्रजाति पक्कै उच्चस्तरको बुद्धियुक्त एवं संवेदनायुक्त हुने ठान्न सकिन्छ र त्यसैले मानव सरह अधिकार दिइनु उचित हुन्छ।

कुनै प्राणीमा संवेदना छ कि छैन भन्ने बारे पृथ्वीभित्रै पनि बहस चलिरहेका छन्। उदाहरणका लागि बुद्धिका निम्ति चर्चित अक्टोपसमा संवेदना पनि हुन्छ अनि त्यसले पीडा पनि अनुभूत गर्न सक्छ भन्ने बहस जारी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button