No Image Headlineग्यालरी

प्रल्हाद गिरी मोवाइल नेता, कतिबेला कुन पार्टीमा जान्छन् ठेगान छैन – जनार्दन क्षेत्री

Thrill Factory
Rungta Group

पर्सा क्षेत्र नं. ३ ख बाट प्रदेशसभामा सदस्यमा प्रत्यासीहरुबीच आरोपप्रत्यारोप शुरु भएको छ ।

सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता जनार्दन सिंह क्षेत्रीले नेकपा एसका प्रल्हाद गिरी दल बदल्दै हिड्ने मोबाइल नेता भएको आरोप लगाएका छन् ।

आफू ब्रेकफास्टमा एउटा दल, लन्चमा अर्को र डिनरमा बेग्लै पार्टीमा हुने खालको नेता नभएको भन्दै क्षेत्रीले गिरीलाई कटाक्ष गरेका थिए । जुन नेताको आफ्नै विचारका ठेगान छैन, त्यस्ता नेताले जनताको भावनाअनुसार काम गर्न नसक्ने दाबी उनको थियो ।

त्यसअघि गिरीले क्षेत्रीमाथि सबैभन्दा भ्रष्ट उम्मेदवारको आरोप लगाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button