स्वास्थ्य/जिवनशैली

गाडीमा यात्रा गर्दा वान्ता किन हुन्छ ?

Thrill Factory
Rungta Group

यात्रा गर्दा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्यालाई मेडिकल भाषामा मोसन सिक्नेस भनिन्छ । कस्ता व्यक्तिलाई मोसनसिक्नेस हुन्छ भनेर ठ्याक्कै भन्न सकिँदैन, भन्छन्, जनरल फीजिसियन डाक्टर मिलन खड्का ।

उनी भन्छन्, ‘शरीरको सन्तुलन बिग्रिंदा यात्रा गर्दा यस्तो हुने हो ।’ घुमाउरो बाटोमा गाडीमा यात्रा गर्दा सिरेबेलमको सन्तुलन बिग्रिएर मोसनसिक्नेसको समस्या देखिने हुन्छ ।

गाडीको गन्ध आउने, गाडी चढ्ने बित्तिकै बान्ता आउँछ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या पनि हुनसक्ने चिकित्सकले बताएका छन् ।

कसैलाई पहिला गाडी चढ्दा बान्ता भएको छ भने पछि उसको माइन्डले प्रि–अकुपाइड गर्छ र हरेक पटक गाडी चढ्दा यस्तो समस्या आउन सक्छ । लामो दूरीको यात्रा नगरेका व्यक्तिलाई बान्ता आउन सक्छ है भनेर कसैले भनेपछि त्यो व्यक्तिको दिमागले त्यही सोचेर पनि मोसनसिक्नेस हुनसक्छ ।

वान्ता हुने समस्या कसरी कम गर्ने ?
एन्टीहिस्टामेनिक र प्रोमेथाजरिन औषधि खानुपर्छ । जुन यात्रा गर्नुभन्दा आधा घण्टा अघि खानुपर्ने हुन्छ । यो औषधिले बान्ता नै रोक्नेभन्दा पनि सिरेबेलमफंक्सनल डिसअर्डर रोक्न मद्दत गर्छ । खानेकुरा खाइराख्ने, अन्य कुरामा मन लगाउने, सँगै बस्ने व्यक्तिसँग कुरा गर्नुपर्छ ।

ह्रब्स ब्रिथको बास्ना सुँघ्दै यात्रा गर्दा वान्ता नहुन सक्छ । यात्रा गर्दा जहिले अगाडि हेर्न लगाउने, टाढाको दृश्य हेर्ने गर्नुपर्छ । झ्यालहरु खोलेर ताजा हावा आउन नदिने गर्नुपर्छ ।

मसलेदार खानेकुरा यात्रा गर्दा सकेसम्म नखाने गर्नुपर्छ । गीत सुन्ने गर्दा दिमाग अन्तै भुलिन्छ र गाडीबाट निस्किसकेपछि पनि फ्रेस भएर हल्का खानेकुरा खाएर आराम गर्ने हो भने समस्या हुँदैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button