कृषि

डेनिस प्रधानमन्त्रीद्वारा नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा

Thrill Factory
Rungta Group

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले आगामी नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा गरेकी छिन् ।

सोसल डेमोक्रयाटिक नेताले एक पत्रकार सम्मेलनमा भनिन्, “मैले आज महारानीलाई फोल्केटिङको निर्वाचन गरिने जानकारी गराएकी छु ।” डेनमार्कमा संसद्लाई फोल्केटिङ भनिन्छ ।

सन् २०१९ को जुनयता सत्तामा रहेकी फ्रेडरिक्सनले डेनिस प्रणालीअन्तर्गत सन् २०२३ को जुनसम्ममा चुनाव घोषणा गर्नुपर्ने थियो ।

तर उनले अल्पमतको सरकारलाई समर्थन गर्ने एउटा सानो दलको चेतावनीको सामना गर्नुपरेको थियो र अक्टोबर ६ मा संसदको पहिलो बहस अघि नै चुनाव गराउन माग गरिएको थियो ।

हालैका सर्वेक्षणहरूले सोसल डेमोक्याट्सको नेतृत्वमा धेरै वामपन्थी पार्टीहरूको ‘रेड ब्लक’ लाई ४७ देखि ५० प्रतिशतको बीचमा मत दिएको छ, जबकि ‘ब्लू ब्लक’ को लागि ४९ देखि ५० प्रतिशत मत छ ।

ब्लु ब्लकमा लिबरल पार्टी, कन्जरभेटिभ पार्टी र तीन राष्ट्रवादी दक्षिणपन्थी पार्टीहरू समावेश छन् । ग्रीनल्याण्ड र फारो टापुका विदेशी सांसदहरूको समर्थन बिना डेनमार्कको संसद्मा कुनै पनि समूहको बहुमत पुग्दैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button