No Image Headlineदृष्टि/संवादमुख्य खबर

नवनीत अग्रवालको विश्लेषण-अस्थिर नीति पूँजीबजारको अवरोध

Thrill Factory
Rungta Group

शेयरबजारका लगानीकर्ताले १ वर्षअघिसम्म ५ हजार अंकभन्दा माथि जाने अपेक्षा गरेका थिए । यो अनुमान हचुवा र अस्वाभाविक थिएन । विश्व पूँजी बजार र नेपालको अवस्था हेरेर यो भनिएको थियो । अन्य देशमा नेपालको जत्ति नै प्रतिफल दिएका कम्पनीको मूल्य नेपालको तुलनामा ४/ ५ गुणा बढी छ । तर, नेपालको शेयरबजार निकै तल छ । यस आधारमा पनि बजार बढ्ने अनुमान गरिएको थियो । बजार ११ सयबाट ३२ सयसम्म पुग्दा ५ हजारसम्म पुग्ने अपेक्षा गर्नु अस्वाभाविक थिएन ।

तर, नेपाल राष्ट्र बैंकको अस्वाभाविक दृष्टिकोण र अस्थिर नीतिका कारण १ वर्षमा बजार १ हजार अंकले घटेको छ । ४र१२ करोड रुपैयाँको सीमा लगाएर बजारलाई ध्वस्त पार्न खोजिएको छ । कुनै पनि देशका गभर्नर नेताजस्तो भाषण गर्दै हिँड्ने गरेको देखिँदैन । तर, हामीकहाँ गभर्नर जे पायो त्यही बोल्दै हिँडेका छन् । कुनै पनि काम प्रणालीबाट नभएको भान हुन्छ । जसले जे बोले पनि भएको छ, जे गरे पनि भएको छ । शेयर र घरजग्गाको कारोबारलाई झार्न खोजिएको छ ।

राष्ट्र बैंकले हरेक दिन जारी गर्ने नयाँ नयाँ निर्देशनले लगानीकर्ता अन्योलमा छन् । कुन बेला कस्तो निर्देशन आउँछ र अप्ठ्यारोमा परिएला भन्ने त्रासमा उनीहरू छन् । अहिले घटेको बजार फेरि बढ्ने नै हो । अहिले बैंकले अप्ठ्यारोमा पारेकाले लगानीकर्ता सस्तोमा शेयर बेच्न बाध्य भएका छन् । शेयर र सुन आफूले चाहेका बेला तत्कालै बेच्न सकिने सम्पत्ति हो । यता जग्गाको कारोबारलाई पनि मौद्रिक नीतिले कसेको छ ।

जग्गाको कारोबार महँगो भयो । अझै पनि शेयरबजारप्रति लगानीकर्ताको आश मरिसकेको छैन । यसको संकेत पछिल्लो समय बजारमा आएको सामान्य उतारचढावले पनि गरिरहेको छ । यदि २०० रुपैयाँ शेयर मूल्य भएको बैंकले पनि १०र१२ प्रतिशत लाभांश दिन्छ भने सचेत लगानीकर्ताले आफूसँग भएको पैसा मुद्दती खातामा राख्नुभन्दा शेयरमा लगानी गर्नु बुद्धिमानी ठान्छ ।

लगानीकर्ता सचेत हुन आवश्यक छ । बजार लगानीकर्ता लहैहलै र हल्लाको भरमा लाग्नु हुँदैन । उनीहरूमा धैर्य हुनु आवश्यक छ । बजार बढ्न थालेपछि शेयर नबुझेका लगानीकर्ताले पनि यसमा लगानी गरे । तर, जब बजार ओरालो लाग्न थाल्यो उनीहरू आत्तिएर यसबाट पलायन हुन थाले । त्यसले पनि बजार घटाउनमा मद्दत गर्‍यो । जब बजार घट्दैन भन्ने निश्चित भएपछि व्यापारीले घरमा पैसा राख्दैन, उसले अवसरको खोजी गरिरहेको हुन्छ, योजना बनाउँछ र लगानी गर्छ ।

नवनीत अग्रवाल
नवनीत अग्रवाल

सरकारीे नीति यति अस्थिर र अवसरवादी छ कि कुनै कुराको स्थायित्व छैन । यो समग्र अर्थतन्त्रकै लागि मूल समस्याको जरो हो । पहिले धमाधम बैंकको लाइसेन्स बाँडियो, फेरि मर्जरका लागि दबाब शुरू भयो । यस समस्या बैंकमा मात्र होइन, फाइनान्स, इन्स्योरेन्स, माइक्रोफाइनान्स आदि सबैमा समस्या छ । आर्थिक स्वार्थका कारण लाइसेन्स बाँड्ने र मर्जरको दबाबले यो क्षेत्र ग्रस्त छ । नीतिगत तहमा सीमित मानिसको पहुँच छ । नीतिगत चलखेलमा अर्थमन्त्रीकै नामको नाम मुछियो । नीतिगत तहमै समस्या आएपछि समग्र अर्थतन्त्रमै समस्या आउँछ । यसको असर पूँजीबजारमा पनि पर्नु स्वाभाविकै हो ।

नेपालको आर्थिक अवस्थालाई अहिले जटिल मानिएको छ । बैंक तरलताको अभावकोे असर पूँजीबजारमा पनि पर्ने नै भयो । अधिकांश व्यक्ति र व्यापारिक प्रतिष्ठान अहिले बैंक ऋण भरमा छन् । कुनै न कुनै प्रकारले जनता पनि ऋणमा छन् । हाम्रो नियामक निकाय यति अस्थिर छ कि, दैनिकजसो नीतिगत फेरबदल गरिरहेको हुन्छ । लगानीकर्तालाई नियामकको निर्देशनका नाममा बैंकले कुनै न कुनै अप्ठ्यारोमा पारिरहेको हुन्छ । राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच कत्ति पनि समन्वय देखिँदैन । सरकार ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राख्छ । राष्ट्र बैंक मुद्रा परिचालनलाई कस्ने नीति ल्याउँछ । यस्तोमा लगानीकर्तामा अन्योल नै हुन्छ ।

सरकारले चाहेर पनि गभर्नरलाई हटाउन सक्दैन । अहिले सरकारलाई विश्वास गर्ने आधार देख्न सकिएको छैन । सरकार भागबन्डामै अलमलिएको भान हुन्छ । बजार व्यवस्थित गर्ने र अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने दृष्टिकोण सत्तासीनहरूमा देखिँदैन । सरकारप्रति विश्वास गर्ने ठाउँ कतैबाट पनि देखिँएको छैन । जुन देशका गभर्नर नै नेपालको आर्थिक अवस्था श्रीलंकाजस्तो हुन्छ भन्दै हिँड्छन्, त्यहाँका लगानीकर्ताकर्ताले के सोच्ने ? तर पनि शेयरबजारमा विश्वास राख्नुपर्छ । गभर्नरले भनेजस्तो नेपाल श्रीलंका हुँदैन । अझै पनि शेयरबजारलाई सुन र जग्गाजस्तो सुरक्षित लगानीको क्षेत्र ठान्ने मानसिकता नेपाली लगानीकर्तामा आइसकेको छैन ।

देशकै पूर्वप्रधानमन्त्रीजस्ता व्यक्तित्व शेयरबजारलाई जुवाको खाल भन्न पछि पर्दैनन् भने आम लगानीकर्ताले के सोच्लान् रु जोसुकैले जो भने पनि शेयरबजार सबैभन्दा सजिलो लगानीको क्षेत्र हो । यसको भविष्य सुनौलो छ । अहिले देखिएको संकट धेरै दिन जाँदैन, संकट सहज भएसँगै बजारले गति समात्नेमा आशंका छैन । अहिले ५०/ ५२ लाख डिम्याट खातामध्ये सेकन्डरी मार्केटमा ८/ १० लाखमात्र सक्रिय छन् । त्यसमा पनि ९० प्रतिशत त २५ लाख रुपैयाँभन्दा कम ऋण क्षमताका छन् । यो तथ्यांककै आधारमा पनि पूँजी बजारको विकास र विस्तार हुन बाँकी देखिन्छ । पूँजी बजार लगानीकर्ताका लागि महत्त्वपूर्ण अवसर हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button