यस्तो पनि

रानीको जस्तै पहिरन लगाएको आरोपमा अभियन्तालाई जेल !

Thrill Factory
Rungta Group

थाइल्याण्डको एउटा अदालतले एक जना अभियन्तालाई जेल सजायको फैसला सुनाएको छ।

त्यहाँको अदालतले रानीको जस्तै पहिरनमा प्रदर्शनमा उत्रिएर सडक प्रदर्शनमा मजाक उडाएको भन्दै २५ वर्षीया अभियन्ता सी याङलाई सोमवार दुई वर्ष कैदको फैसला सुनाएको हो ।

दुई वर्षअघि गरिएको सडक प्रदर्शनका क्रममा उनी गुलाबी सिल्क पहिरनमा सजिएकी थिइन्। अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले सार्वजनिक गरेको तस्वीरमा उनलाई एक पुरूषले भने छाता ओढाएको देखिन्छ। उनी रेड कार्पेटमा हिंड्दा प्रदर्शनकारीहरु भने दर्शन गर्न भुइँमा बसेको देखिन्छ।  रोयटर्सका अनुसार अदालतले सन् २०२० मा गरिएको विरोध प्रदर्शनमा नियतवश नै उनले रानीको मजाक उडाएको पुष्टि भएको बताएको छ। अदालतले थाइल्याण्डकी रानीले सवारी हुँदा त्यस्तो पहिरन लगाउने र उनको सम्मानमा अरू भुइँमा बस्ने चलन भएको भन्दै यस्तो खालको दृश्यले नियतवश नै रानीको मजाक उडाएको ठहर हुने बताएको छ ।

त्यहाँ शाही परिवारका सदस्यको मजाक उडाएको पुष्टि भए १५ वर्षसम्म जेल सजाय हुनसक्ने कानूनी प्रावधान छ। थाइल्याण्डमा दुई वर्षयता २१० जना अधिकारकर्मीहरू शाही परिवारको मजाक उडाएको कसूरमा जेल चलान भइसकेका छन् ।

उनले भने आफू थाइल्याण्डको सांस्कृतिक पहिरनमा सजिएको र रानीको मजाक उडाउने आफ्नो नियत नभएको बताउँदै आएकी छिन्। एजेन्सीहरु

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button