No Image Headlineदृष्टि/संवादविशेष

राजनीतिक र आर्थिक रुपान्तरणका लागि चुनावको रणनीतिक उपयोग-डा. मधु गुप्ता

Thrill Factory
Rungta Group

देश आसन्न चुनावमा तयारीमा छ । चुनावी गतिबिधिहरु तीव्र रुपमा अघि बढेका छन् । यो चुनावमा हाम्रो सहभागिता मधेसका तिनै मुद्दा, जो सम्बोधन हुन बाँकी छन् । त्यसको प्राप्तिका लागि केन्द्रित हुनु पर्दछ । प्रदेशको साँध सिमानाका कुरा, आर्थिक, सामाजिक र राजनीतिक अवसरमा समतामूलक सहभागिता कुरादेखि तमाम पिछडिएका दलित, जनजाति, महिला, मधेसी, मुश्लिम, आदिवासी, पिछडिएको वर्ग सबैको उत्थान अबको आवश्यकता हो ।

सबैले आर्थिक उन्नतिमा समान, अझ समातामूलक सहभागिता र अवसर पाउनु पर्दछ । यसको प्राप्ति कसरी हुन्छ ? अहिलेका लागि अब यसैभित्रबाट हामीले आफ्ना बाँकी एजेण्डाहरुको सम्बोधन खोज्नुपर्ने छ । हाम्रा अधिकार र अवसरमा समान सहभागिताका केही मुद्दा अहिले पनि सकिएका छैनन् । त्यसको समाधान यही व्यवस्थाभित्रैबाट खोज्नुपर्ने छ ।

यही व्यवस्थाका वैधानिक उपाय अपनाएर बाँकी अधिकार प्राप्तिलाई एउटा अभियानको रुपमा, एउटा व्यवस्थित आन्दोलनको रुपमा हामीले अघि बढ्नु पर्दछ । आज आधा अकाश ढाक्ने महिलालाई एकतिहाई अर्थात ३३ प्रतिशत आरक्षणको व्यवस्था संविधानले गरेको छ । तर, त्यो व्यवहारमा लागू छैन । आज आमा दिदीबहिनीहरू, त्यसमाथि मधेसमा व्याप्त हिंसा, कुप्रथाबाट कसरी बाहिर ल्याउन सकिन्छ ?

पर्सा जिल्लाकै कुरा गर्ने हो भने आज देशको उद्योग, व्यापारदेखि आर्थिक विकासमा यो जिल्लाको ठूलो योगदान दिएको भन्ने सुनिन्छ । खाद्यान्नको भण्डार भनिन्छ । तर, यहाँको सामाजिक जीवन किन यति धेरै पछाडि परेको छ ? यहाँका पिछडिएका वर्ग वा नीतिगत रुपमै पछाडि धकेलिएका समुदायलाई आर्थिक र सामाजिक रुपमा कसरी बलियो बनाउन सकिन्छ ?

यस्ता आधारभूत कुराहरूमा हामी केन्द्रित हुनुपर्ने बेला आएको छ । हामीले ठूलो सपनाको कुरा होइन, अहिले पनि दैनिक रुपमा शिक्षा, स्वास्थ्य, सरसफाई, सहज यातायातजस्ता समस्याले हामीलाई पिरोलिरहेको छ । यो अवस्थामा हामीले यस्तै आधारभूत कुरालाई मुख्य उद्देश्य राख्नु पर्दछ ।

देशमा ठूलाठूला राजनीतिक परिवर्तन भए, ठूला सपना हामीले पनि देख्यौं र देखाइयो पनि । तर, वर्षौदेखि किन दैनिक आवश्यकताको पूर्ति पनि ठिक हिसाबले गर्न सकिरहेका छैनौं ? मलाई लाग्छ, हामीले हाम्रो राजनीतिक चिन्तन र शैलीमा पनि पुनरावलोकन गर्न जरुरी छ । राजनीतिमा नयाँ सोच, नयाँ दृष्टिकोण, नयाँ उत्साह र उर्जाको खाँचो छ ।

राजनीतिलाई केलव सत्ता प्राप्तिको उपायमात्र बनाएर हुँदैन । यसलाई जनताको जीवनस्तर माथि उठाउने उपाय बनाउनु पर्दछ । त्यो बनाउन सकिन्छ । राजनीतिको उद्देश्य के हो ? पक्कै पनि कुनै पनि राजनीतिको मूल उद्देश्य जनता हो, जनताको सुख, समृद्धि हो ।

समतामूलक समानतासहितको समाज निर्माण राजनीतिको उद्देश्य हो, हुनु पर्दछ । यसलाई कसरी रुपान्तरण गर्ने, यसमा अग्रज राजनीतिज्ञहरुको अनुभव र युवाहरुको नयाँ सोच र तरिकाको संयोजन भयो भने यो असम्भव छैन । यो उद्देश्यमा हामी सहजै पुग्न सक्दछौं भन्ने मेरो विश्वास छ ।

यही सोच र विश्वासका साथ म डाक्टर पेशा छोडेर राजनीतिमा होमिएकी छु । यसका लागि मैले जनता समाजवादी नेपाल पार्टी नै किन रोजे ? मधेसको आधारमा उभिएको राजनीतिक विचार, मधेस र मधेसीको भावनाको प्रतिनिधित्व गर्ने राजनीतिसँगै एउटा आन्दोलन, मधेस अधिकार आन्दोलनको अगुवाई गरेको, मधेसका समस्यासँग राम्ररी भिजेको दल हुनुका कारण यो पार्टीले जति अरुले हाम्रा मुद्दालाई अरूले अघि बढाउन सक्दैनन्, सम्भव छैन । यो अर्थमा तपाईं हाम्रो जुन उद्देश्य छ, त्यसका लागि यो दल नै एकमात्र आशा र भरोसाको आधार हो भन्ने मैले बुझेकी छु ।

अब पनि हामी अगाडि नसरे कहिले गर्ने, कसले गर्ने ? यो उद्देश्यलाई हामी मिलेर एउटा अभियान र आन्दोलनको रुपमा अघि बढाउनु पर्दछ । यसो भयो भने हामी दैनिक जीवनसँग जोडिएका सरोकारलाई प्राथमिकता राख्दै अधिकार प्राप्तिको उद्देश्यलाई सोचेको ठाउँमा लैजान सक्दछौं ।
(जनता समाजवादी पार्टी नेपालबाट आसन्न प्रतिनिधिसभा चुनावमा उम्मेदवारको रुपमा पर्सा क्षेत्र नम्बर ३ बाट सिफारिस हुनुभएकी डा. गुप्ताको मन्तव्यको सम्पादित अंश ।)

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button