यस्तो पनि

१७ वर्षीय किशोर बने एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट

Thrill Factory
Rungta Group

सत्र वर्षीय एक किशोर सानो हवाईजहाजमा एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट बनेका छन्। पाँच महिना र ५२ देशको यात्रा अन्त्य गर्दै माक रुथरफोर्डले बुल्गेरियाको सोफियामा अवतरण गरेका हुन्।

ब्रिटिश आमाबुबाबाट जन्मेका तर बेल्जियममा हुर्केका रुथरफोर्डले यात्राको क्रममा सुडानमा बालुवाको आँधीबेहरी बेहोर्नुका साथै एक रात प्रशान्त महासागरस्थित मानवविहीन टापुमा रात बिताएका थिए।

उनकी जेठी दिदी जारा हवाईजहाजमा विश्व परिक्रमा गर्ने सबैभन्दा कम उमेरकी महिला हुन्। जाराले गत ज्यानुअरीमा आफ्नो यात्रा पूरा गरेकी थिइन् र उनले भाइलाई यात्राको बाटोको बारेमा जानकारी दिएको बताइन्।

रुथरफोर्डले यात्रा सुरु र अन्त्य गरेको सोफियामा उनी उपस्थित थिइन्। यसअघि सबैभन्दा कम उमेरमा हवाईजहाजमा विश्व परिक्रमा गर्ने ब्रिटिश ट्राभिस लुड्लो थिए जो गत वर्ष यात्रा पूरा गर्दा १८ वर्ष १५० दिनमा थिए।

आफ्नो यात्रा पूरा गरेपछि रुथरफोर्डले अरूलाई जति उमेर भए पनि आफ्नो सपना पूरा गर्न सुझाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button