यस्तो पनिस्वास्थ्य/जिवनशैली
एसिड छर्केर आँखा फुटाइदिन सक्ने पहेँलो बहुला कमिलाको आतङ्क

दक्षिण भारतको तमिलनाडु राज्यका सातवटा गाउँमा सयौँ मानिसले एक किसिमको कमिलाले आतङ्क सिर्जना गरेको बताएका छन्।
ती कमिलाले पशुचौपायालाई आक्रमण गरेको अनि अन्नबालीमा क्षति पुर्याएको उनीहरूको गुनासो छ। कमिलाका कारण आफ्नो जीविकोपार्जन जोखिममा परेको उनीहरू बताउँछन्।
‘पहेँलो बहुला कमिला’लाई विश्वकै सबैभन्दा खराब अतिक्रमणकारी प्रजाति मान्ने गरिएको इन्टरन्याश्नल यूनिअन फर कन्जर्भेशन अफ नेचर (आईयूसीएन)ले जनाएको छ।
ती कमिलाले टोक्ने वा चिल्ने नगरे पनि तिनले आफ्नो शरीरबाट निष्कासन हुने फर्मिक एसिड छर्केर रासायनिक प्रतिक्रिया गराउन सक्छन्।
यी कमिला संयोजित रूपमा नभई जथाभाबी हिँडडुल गर्छन्। कुनै अवरोध देखा परेको खण्डमा तिनको गतिविधि अझै अव्यवस्थित बन्छ।
विज्ञहरूले यी कमिलाको सङ्ख्या चाँडै बढ्न सक्ने र यिनले “रैथाने वन्यजीवलाई ठूलो क्षति गराउन सक्ने” बताएका छन्। अस्ट्रेलियाका धेरै ठाउँमा यी कमिलाले अतिक्रमण गरेको विवरण आएको छ।



