No Image Headlineअर्थ

धौलागिरी लघुवित्तको आईपीओ बिक्रीमा, कहिलेसम्म पाइन्छ भर्न ?

Thrill Factory
Rungta Group

धौलागिरी लघुवित्त वित्तीय संस्थाले आज (मंगलवार) देखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । बागलुङमा केन्द्रीय कार्यालय रहेको कम्पनीले ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ ७ गतेसम्म आवेदन समय थप हुनेछ ।  लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराइएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस आईएस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको बुझिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button