No Image Headlineदृष्टि/संवाद

बालेनलाई भाग्यवादीको सुझाव, फोहोर व्यवस्थापनदेखि लक्जरी ट्याक्सीसम्म

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित पक्का भएपछि विभिन्न कोणबाट विवेचना भइरहेको छ । राजनीतिक दलहरुको रवैयाबाट वाक्कदिक्क जनताले राजनीतिक दलका उम्मेदवारलाई हराएर स्वतन्त्र युवा उम्मेदवारलाई जिताएपछि राजनीति तरंगितमात्र भएको छै, झस्किएको छ ।

तर आम जनता जो आधारभूत आवश्यकताको पूर्तिकै लागि व्यग्र प्रतीक्षारत छन्, उनीहरुले महानगरको भावी मेयरबाट कस्ता कामको अपेक्षा राखेका छन् त ? अहिले सामाजिक सञ्जालमा विजयी उम्मेदवारलाई सुझाव सल्लाह दिनेक्रम बढेको छ । नेतृत्व नयाँ भए पनि आम अपेक्षाहरु नयाँ छैनन्, वर्षौ पुराना आवश्यकता आज पनि जस्ताको त्यस्तै हुनु नै जनताले दलहरुलाई छोडेर स्वतन्त्र युवालाई शासन सत्तामा पुर्‍याउनुको कारण हो ।

भाग्यवादी नामको ट्विटर ह्याण्डिलबाट बालेनललाई यस्तै सुझाव दिइएको छ । भाग्यवादी ती आम सचेत जनताका प्रतिनिधि पात्र हुन्, जो वर्षौदेखि आधारभूत आवश्यकता पूर्तिकै व्यग्र पर्खाइमा छन् । बालेनसँग के छन् त भाग्यवादीका अपेक्षा ? हेरौं भाग्यवादीकै शब्दमा :

प्रीय बालेन शाह ज्यू , 

सादर नमस्कार । 

दुनियामा सजिलो काम भनेकै सल्लाह दिनु होला । सजिलो काममा म पनि अग्रसर छु । हुन त म काठमाण्डौको स्थायी बासिन्दा होइन, तर जीवनलाई गतिशिल बनाउन नेपालमा उपत्यका बाहेक अबसर भएको ठाउँ पनि त छैन नि ।

स्यांग्जाको भिरकोट, बाँदर समेत लड्ने भिरको बासिन्दा हो म । परिचय यत्ति । काठमाण्डौ जस्तो परम्परागत शहर जुन ३ दशकभन्दा अघिसम्म ठूला देशका ठूला शहरहरुको सपना थियो काठमाण्डौं । त्यो रहेन । तपाईँ त्यस्तो शहरको प्रमुख निर्वाचित हुँदैगर्दा हार्दिक बधाई, शुभकामना र कोटीकोटी नमस्कार ।

सुधार कहाँ गर्ने भन्ने विषयमा चर्चा गर्दा सायद सुधार (परिवर्तन) शब्द नै अलमलिने ठाउँमा पुगि सकेको छ । तैपनि साना कुराहरु उठाउन मन भयो । क्षमा गर्नु होला ।

  • फोहोर व्यवस्थापन : यवस्थापन स्थान र पुनर्प्रयोगको आधार निर्माण । नियमित र समय तालिका अनुरुप फोहोर उठाउने व्यवस्था ।
  • ट्राफिक व्यवस्थापन र पार्किंग : मल्टिलेयर पार्किंग व्यवस्थापन र सवारी लेन व्यवस्थापन ।
  • ट्याक्सी : बार्गेनिंगको अन्त्य । अनलाइन बुकिंग र बिलिंग । ट्याक्सी स्टेण्ड । नियमित पालो । ट्याक्सीको बर्गिकरण । लक्जरी ट्याक्सी समेतको व्यवस्था ।
  • मास ट्रान्सपोर्डेसन : तत्कालका लागि धेरै जना अट्न सक्ने लामा तथा सुविधायुक्त बसहरुको नियमित व्यवस्थापन । स्ट्रीट कारका लागि आधार निर्माण ।
  • पर्यटन : सूचना केन्द्र र बसपासको व्यवस्था । बसका रंगहरुको व्यवस्थापन ।
  • सडक र पेटी : सडक पेटीमा हुने व्यापारको व्यवस्थापन र पैदल यात्रुका लागि सुविधा । धेरै कुराहरु थिए र छन् । धेरैले धेरै सल्लाह देलान् । त्यही भिडमा यत्ति मात्रै । धन्यबाद ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button