No Image Headlineदृष्टि/संवाद

नयाँ नेतृत्वबाट के चाहान्छन् वीरगञ्जका बासिन्दा ?

इन्द्रकान्त दास

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरको नेतृत्व परिवर्तन भएको छ । नवनिर्वाचित मेयर राजेशमान सिंहसँग जनताका अपेक्षाहरु बाहिर आउन थालेका छन् ।

अब महानगरको नेतृत्वले नगरवासीका अपेक्षालाई सापेक्ष रुपमा सम्बोधन गर्नु पर्दछ । समृद्ध वीरगञ्जका लागि नगर प्रमुखले निम्नि कुराहरुलाई प्राथमिकतामा राखी काम गर्न सकेको खण्डमा वीरगञ्जका बासिन्दाले साँचो परिवर्तनको प्रत्याभूति पाउने छन् ।

वीरगञ्जको घन्टाघर देखि भन्सारसम्मको बाटोलार्र्र्इ उचित ब्यवस्थापन गरिनु पर्दछ । महिला तथा वृद्धहरुको लागि निःशुल्क नगर बस सञ्चालन गरिनुका साथै सहज तरिकाले वृद्धभत्ता बितरणको व्यवस्था मिलाउन आवश्यक छ ।

१२ कक्षामा उत्कृष्ट अंक ल्याउने ५ जनालाई महानगरपालिकाबाट निःशुल्क डाक्टर र इन्जिनियर पढाउने ब्यवस्था गरिनु पर्दछ । सरकारी विद्यालयको स्तरोन्नति गरेर न्यून आय भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु महानगरको नेतृत्वको प्राथमिक कर्तव्य हुनु पर्दछ । महिला छात्रावासको उचित ब्यवस्थापन हुनु पर्दछ। यसबाट शिक्षामा छोरीको सहभागिता अभिवृद्धिमा सहयोग पुग्दछ ।

फोहोर ब्यव्यवस्थापन प्रभावकारी बनाउने नीतिको खाँचो छ । महानगरक्षेत्रको सरसफाईलाई प्रभावकारी बनाउन ठाउँठाउँमा सार्वजनिक शौचालय निर्माण गरिनु पर्दछ । वीरगञ्जको खुला नालालाई उचित तरिकाले व्यवस्थापन गर्दै लामखुट्टे नियन्त्रणलाई प्रभावकारी बनाउनु पर्दछ ।

नगर क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सीसीटीभी क्यामराको सञ्जाल विस्तार हुनु पर्दछ । सुरक्षा प्रभावकारी बनाएर रातिको समयमा समेत बजार खुल्ने वातावरण बनाउनु पर्दछ ।

वीरगञ्जको खेलक्षेत्रको विकासका लागि स्थानीय रङशालाको उचित व्यवस्थापन हुनु आवश्यक छ । घरघरमा शुद्ध खानेपानीको आपूर्ति हुनु पर्दछ । तरकारी बजारको उचित व्यवस्था गरिनु पर्दछ । किसानहरुका लागि बीउ, मल, प्रविधिलगायतमा सहुलियत र बजार व्यवस्थानको ग्यारेन्टी हुनु पर्दछ ।

महानगरको स्वामित्वका सार्वजनिक र एैलानी जग्गाको संरक्षण गर्दै त्यस्ता जग्गामा पार्क निर्माण गरी सार्वजनिक सम्पत्ति र वातावरण संरक्षणमा महागरले अग्रणी भूमिका खेल्नु पर्दछ । स्वास्थ्य क्षेत्रको प्रभावकारिताको लागि सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण र औषधिको व्यवस्था मिलाउनु पर्दछ ।

प्रविधिमा वीरगञ्ज र वीरगञ्जका बासिन्दालाई अगाडि ल्याउनका लागि वीरगञ्ज क्षेत्रका टोलटोलमा फ्रि वाईफाईको व्यवस्थापन हुनु आवश्यक छ । ६ महीनाभित्र महानगरका सेवालाई प्रविधिमा आधारित बनाएर आआफ्नै वडाबाट सेवा लिन सक्ने बनाउनु पर्दछ । यसबाट सुशासनको उद्देश्य सहज हुन सक्दछ ।

कार्यालयको काममा कुनै समस्या आएमा, समयमा काम नभएमा वा सेवासँग कुनै गुनासो भएमा जनताका प्रतिनिधिलाई सिधा गुनासो सुन्ने हट लाइनको व्यवस्था गरिने हो भने सेवा प्रभावकारी हुन सक्दछ । महानगरले अव्यावहारिक रुपमा बढाएको करको पुनरावलोकन हुनु पर्दछ । सेवा प्रवाहमा घुसखोरी बन्द हुनु पर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button