No Image Headlineअर्थ

बजेट लेखन समितिले पाएन प्रधानमन्त्रीको समय, बजेटमा हुँदैछ ढिलाइ

Thrill Factory
Rungta Group

बजेटले लिने लक्ष्य र कार्यक्रममा बारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि समय नपाउँदा बजेट लेखन प्रभावित भएको छ ।

प्रधामन्त्री देउवासँग बजेट लेखन समितिले समय नपाउँदा के कार्यक्रम राख्ने, कुन कार्यक्रमलाई प्राथमिकता दिने भन्ने टुंगो लागेको छैन । राजस्वका दरबाहेक अन्य कार्यक्रम प्रधानमन्त्री देउवासँग लिएर बजेट लेखन समितिले राख्न खोजेको हो ।

तर, चुनावी चटारो र नतिजा आइनसकेकाले प्रधानमन्त्री देउवाको समय मिल्न नसकेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

‘अर्थमन्त्री जनार्दन शर्मा एक्लैले बजेट बनाउन सक्ने अवस्था छैन । हुँदैन पनि । प्रधानमन्त्रीको स्प्रिड अनुसार बजेट बनाइन्छ । तर, प्रधानमन्त्री देउवाको व्यस्तता बढेकाले उहाँसँग छलफल हुन सकेको छैन’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘त्यही भएर निर्माण चरणमा भएका आयोजनालाई बजेट राख्ने कार्य मात्रै भएको छ । नयाँ कार्यक्रमका बारेमा चर्चा वा छलफल भएको छैन ।’

अर्थमन्त्री शर्माले संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसकेका छन् । उनले संसद्मा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा उत्पादनमुलक उद्योगको प्रवद्र्धन, कृषि उत्पादन बढाउने खालका कार्यक्रम परेका छन् ।

तर, त्यसबाहेकका कार्यक्रम प्रधानमन्त्री देउवासँग लिन पाइएको छैन । अहिले सरोकारवालाबाट आएको सुझावलाई हेर्ने, त्यसको विश्लेषण गर्ने काम मात्र भएको छ । निजी क्षेत्रले कच्चा पदार्थ र अर्थ तयारी र तयारी वस्तुको भन्सारलाई कसरी मिलाउन सकिन्छ भनेर बजेट लेखन समिति जुटिरहेको छ ।

कतिपय उत्पादन कच्चा पदार्थ र तयारी वस्तुबीचको भन्सार दरलाई मिलाउनुपर्ने छ । कतिपय अर्ध तयारी र तयारीबीच मिलाउनुपर्ने छ । अहिले त्यस्ता वस्तुको पहिचान गरेर विश्लेषण गर्ने काम भइरहेको अर्थका अधिकारीहरु बताउँछन् ।

समितिले छिटै प्रधानमन्त्री देउवासँग समय लिएर बजेटमा राख्नुपर्ने कार्यक्रम लिने तयारी छ । त्यसपछि मात्रै बजेटले कस्तो दिशा समाउने भन्ने टुंगो लाग्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button