No Image Headlineअर्थ

९ महीनाको वैदेशिक व्यापार, निकासीमा तेलको वर्चश्व कायमै

चालु आर्थिक वर्ष (आव) को नौ महीनामा वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैंचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्त मञ्जन, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

कुल वस्तु निर्यात ६९ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नौ महीनाको अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँको वस्तु निर्यात भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २० दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६ दशमलव ९ प्रतिशत र २५ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१ प्रतिशतले घटेको छ ।

नौ महीनाको अवधिमा कुल वस्तु आयात ३२ प्रतिशतले वृद्धि भई १४ खर्ब ६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ दशमलव १ प्रतिशतले बढेको थियो । नौ महीनाको कुल व्यापार घाटा २८ दशमलव ५ प्रतिशतले वृद्धि भई १३ खर्ब ६ अर्ब ९ करोड पुगेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button