No Image Headlineदेश

चुनाव लड्न मलाई कानूनी अड्चन छैन : हरिनारायण रौनियार

Thrill Factory
Rungta Group

पर्सा क्षेत्र नं ३ का सांसद हरिनाराण रौनियारले विशेष अदालतको फैसलाकै कारण आफ्नो राजनीतिमा कुनै फरक नपर्ने रौनियारले बताएका छन् ।

फौजदारी मुद्दामा अन्तिम किनाराबाट दोषी ठहर भएमा सांसदमा उम्मेदवारीका लागि अयोग्य हुने संवैधानिक व्यवस्था छ । यो व्यवस्थाअनुसार नै आफूलाई सांसद पदमा पुनः चुनाव लड्न बाधा नपुग्ने दाबी रौनियारको छ ।

आउँदो संघीय संसदको निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट आकांक्षीको रुपमा देखिएका उनले चुनाव लड्न पाउँछन कि पाउँदैनन् भन्नेमा चासो केन्द्रित भएको छ ।

रौनियारले भने, ‘विशेष अदालतको फैसलामा सर्वोच्चमा पुनरावेदन जान सकिन्छ । यो मुद्दाको अन्तिम किनारा लागेको अवस्था होइन । यही फैसलाका कारण मैले सांसदमा उठ्न नपाउने भन्ने हुँदैन ।’ विशेष अदालतको फैसलाविरुद्ध ३५ दिनभित्र सर्वोच्चमा पुनरावेदन गर्न सकिन्छ ।

अख्तियारले बर्दियाको जब्दिघाट पुल उद्घाटन नहुँदै भासिएको प्रकरणमा निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनसँग जोडेर रौनियारलाई प्रतिवादी बनाएर मुद्दा हालेको थियो ।

राजनीतिमा आउनुअघि नै आफू पप्पुबाट अलग भएकाले सो मुद्दामा तत्कालीन सत्ताको दबाबमा पूर्वाग्रही ढंगबाट फसाइएको दाबी रौनियारले गर्दै आएका छन् । सो प्रकरणमा आफूलाई प्रतिवादी बनाइनु राजनीतिक पूर्वाग्रहको उपज भएको रौनियारको भनाइ छ ।

हालै सो मुद्दामा विशेष अदालतले रौनियारलाई ३ करोड ६२ लाख रुपैयाँ जरीवानाको फैसला गरेको छ । विशेष अदालतमा मुद्दा परेसँगै उनको पद निलम्वनमा छ ।

सडक विभागका ६ जना कर्मचारीलाई २५ हजार जरिवानासहित ८ महीना कैद सजाय तोकिएको छ भने ४ जनाले सफाई पाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button