No Image Headline

चुनावको दिन देशभर वर्षा हुने, पूर्व तयारी गर्न सुझाव

Thrill Factory
Rungta Group

जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पुर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।

बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापिय अवस्था आइतवारको दिन समुन्द्री आँधिको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पुर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।

पछिल्लो विकसित प्रणालीबारे कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतिले आसानी नाम दिइएको यस आँधि  निकै तिब्र गतिमा चलेको बताए । सो आँधिको असर भारतको उडिसा लगायत तटिय क्षेत्रमा बढी देखिने र नेपालमा भने  वैशाख  २८ गतेदेखि प्रभाव देखिने उनले बताए ।

आगामी वैशाख  ३० गते स्थानीय तहको निर्वाचनका दिन बर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापिय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा बर्षा गराउने उनले बताए ।

उनले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई ध्यानमा राख्दै मतपत्र, मतपेटिकालगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button