अन्तराष्ट्रिय

रुसी बम विद्यालयमा खस्दा ६० भन्दा बढी मारिएको आशङ्का

Thrill Factory
Rungta Group

पूर्वी युक्रेनमा एउटा विद्यालयमा शनिवार रुसी बम खस्दा ६० जना भन्दा बढीको ज्यान गएको हुनसक्ने स्थानीय गभर्नरले जनाएका छन्।

लुहान्स्क क्षेत्रका गभर्नरले रुसी फौजहरूले पोपसाना नगरमा सबैकुरा ध्वस्त बनाइदिएको र युक्रेनी फौजहरू फिर्ता भएको बताए।

डोनबास क्षेत्र कब्जा गर्ने आफ्नो प्रयास अन्तर्गत त्यहाँ रुसले निरन्तर गोलाबारी गरिरहेको थियो। गभर्नर सेरही हाइडाईका अनुसार रुसी गोलाबारीले नजिकैका अन्य दुई शहरमा विद्युत् आपूर्ति बन्द भएको छ।

उक्त विद्यालय भवनमा ९० जना भन्दा बढीले आश्रय लिइरहेको बताइएको छ। बम हमलापछि उक्त विद्यालयबाट ३० जनालाई उद्धार गरिएको भनिएको छ जसमा सात जना गम्भीर अवस्थामा छन्।

गभर्नर हाइडाइले शनिवार रुसले विद्यालय भवनमा बम खसालिदिएको बताए। बीबीसीले उक्त आरोपको पुष्टि गर्न सकेको छैन। यसबारे रुसले कुनै प्रतिक्रिया जनाएको छैन।

लुहान्स्क क्षेत्रका गभर्नरले रुसी फौजहरूले पोपसाना नगरमा सबैकुरा ध्वस्त बनाइदिएको र युक्रेनी फौजहरू फिर्ता भएको बताए।डोनबास क्षेत्र कब्जा गर्ने आफ्नो प्रयास अन्तर्गत त्यहाँ रुसले निरन्तर गोलाबारी गरिरहेको थियो।

गभर्नर सेरही हाइडाईका अनुसार रुसी गोलाबारीले नजिकैका अन्य दुई शहरमा विद्युत् आपूर्ति बन्द भएको छ। उक्त विद्यालय भवनमा ९० जना भन्दा बढीले आश्रय लिइरहेको बताइएको छ।

बम हमलापछि उक्त विद्यालयबाट ३० जनालाई उद्धार गरिएको भनिएको छ जसमा सात जना गम्भीर अवस्थामा छन्। गभर्नर हाइडाइले शनिवार रुसले विद्यालय भवनमा बम खसालिदिएको बताए। यसबारे रुसले कुनै प्रतिक्रिया जनाएको छैन। बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button