No Image Headlineखबर फटाफटदेश

वीरगञ्जको बेलवामा जसपाको रोड शो, कार्यकर्ताले गरे राजेशमानको पक्षमा नाराबाजी

Thrill Factory
Rungta Group

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवामा जनता समाजवादी पार्टीको चुनावी प्रचारप्रसारअन्तर्गत रोड शो भएको छ ।

सो रोड शोमा जसपाबाट वीरगञ्जको मेयरका उम्मेदवार राजेशमान सिंहको पक्षमा नाराबाजी भएको थियो । जसपाका कार्यकर्ताहरुले सिंहको समर्थनमा नाराबाजी गरेका हुन् ।

बेलवामा सिंहको रोड शोमा सहभागीहरुले गत निर्वाचनमा पराजित भएर पनि राजेशमानले आपत विपतमा जनताकै सेवा गरेको बताएको राजेशमानको सचिवालयले पठाएको प्रेस नोटमा उल्लेख छ ।

सिंहले आफूले चुनाव जितेमा सुशासनलाई प्राथमिकतामा राखिने बताएका छन् । उनले वीरगञ्जको ग्रामिण वडालाई सडकसञ्जालमार्फत मुख्य शहरसँगथ जोडिने र नगरबासीलाई परिवर्तनको प्रत्याभूती गराउने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार जनतालाई बिकासको आभाष दिलाएर प्रशासनिक कामलाई सहज, सरल र पारदर्शी बनाइने छ । कार्यक्रममा प्रदेशसभा सदस्य जनत अन्सारी, नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेललगायतको सहभागिता थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button