देश

वीमनपा उपमेयरका स्वतन्त्र उम्मेदवार मिश्राद्वारा संकल्प पत्र सार्वजनिक

Thrill Factory
Rungta Group

वीरगन्ज महानगरको उपमेयरका स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले आफ्नो ‘संकल्प पत्र’ सार्वजनिक गरेकी छिन् ।

शुक्रबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उपमेयरकी उम्मेदवार मिश्राले वीरगन्ज महानगरपालिकाको विकासको लागि आफ्नो चुनावी ‘संकल्प पत्र’ सार्वजनिक गरेकी हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उपमेयरकी उम्मेदवार मिश्राले पुरुष प्रधान देशमा महिलाहरु सधैं उपेक्षामा पर्दै आएको बताइन् । उनले देशमा भएका थुप्रै व्यवस्था परिवर्तनले अवस्थालाई परिवर्तन गर्न नसकेको भन्दै आधा धर्ती आधा आकाश ओगटेका महिलालाई अहिलेपनि समाजले बराबरीको रुपमा स्वीकार्न नसकेको बताइन् ।

घरेलु हिंसा, महिला हिंसा, यौन दुव्र्यवहार, लैंगिक विभेद जस्ता घटनाहरु अहिले पनि दिनहुँ भइरहेको छन्, महिलालाई पुरुष भन्दा कम आँक्ने समाजको पितृसतात्मक दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता मिश्राको भनाई छ ।

उनका अनुसार एकजना शिक्षित महिलाले घर परिवारलाई शिक्षित बनाउन सक्छ भने शिक्षित महिला नेतृत्वमा पुगे समाज नै शिक्षित बन्छ भन्ने कुरा प्रमाणित गर्नका लागि राजनीतिक दलभन्दा माथि उठेर स्वतन्त्रबाट वीरगन्ज महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएको बताइन् ।

विगत लामो समयदेखि विभिन्न किसिमका सामाजिक संघ सँस्थामा आबद्ध भएर समाजको लागि गर्दै आएका काम र गत निर्वाचनमा भोग्नु परेको पराजयले सिकाएको पाठको आधारमा मेरो योगदानको मूल्याँकन नगरवासीले गर्नुहुनेछ भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताइन् ।

मिश्राले स्वच्छ छवि, स्वच्छ विचार, निःस्वार्थ स्वभाव, इमान्दारिता, निर्भिकता, निष्ठासँगै वित्तिय व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी महिला उपमेयरमा निर्वाचित हुनुले महिलाहरुको सशक्तिकरण, महिलाका हक अधिकार लगायतको क्षेत्रमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरिन् ।

उनले मुलधारका राजनीतिक दलहरुले पनि मधेश प्रदेशकै एक मात्र महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनको नाममा महिलालाई नीति निर्माण तहमा पुग्ने संवैधानिक सुनिश्चिततालाई पनि कण्ठित पारेको आफूले महसुस गरेको भन्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूलाई उपमेयरमा निर्वाचित गराई महिला अधिकार, स्वभिमान, आत्मसम्मानको रक्षा गर्न सम्पूर्ण नगरबासीमा आग्रह गरिन् ।

मिश्राको घोषणापत्रमा महिला सशक्तिकरण देखि महानगरको भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, युवा तथा बालबालिका, कृषि, सरसफाइ, सामाजिक न्याय, उद्योग पर्यटनका विषयहरु प्राथमिकतामा राखिएको छ । वीरगन्ज महानरपालिकाको विकासका लागि मेरो संकल्प पत्र नामक उनको चुनावी घोषणापत्रमा महिलाको विषयले पहिलो प्राथमिकता पाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button