No Image Headlineदेशमुख्य खबर

वीरगञ्जमा ५ दलीय गठबन्धनको चुनावी प्रतिबद्धता : निःशुल्क विद्युतदेखि वीरगञ्ज विश्वविद्यालयसम्म

Thrill Factory
Rungta Group

स्थानीय चुनाव लागि वीरगञ्ज महानगरमा पाँच दलीय गठबन्धनले शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

पानी र विजुलीको न्युनतम शुल्क तिर्न नसक्ने गरीब तथा विपन्न नागरिकको महसुल वीरगञ्ज महानगरले व्यहोर्ने र कृषी योग्य जग्गामा मालपोत बाहेकको कर हटाउने उल्लेख छ ।

विविध कारणले कृषकको बालि तथा पशुधन नष्ट हुँदा राहत पाउने गरी निशुल्क कृषि तथा पशुधन विमाको कार्यक्रम पनि अघि सारिएको छ । सरकारी स्वास्थ्य सेवाको गुणस्तर बृद्धि गर्दै सुलभ दरको स्वास्थ्य सेवामा जोड दिने र न्युनतम शुल्क तिर्न नसक्ने गरीब तथा विपन्न परिवारको निशुल्क स्वास्थ्य विमाको योजना छ ।

सुसासनलाई सेवा प्रवाहको मुल मन्त्र बनाईने जनाएको गठबन्धनले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउँदै प्रशासनिक खर्च कटौती गरी बिकास बजेटमा बृद्धि गर्ने बताएको छ ।

महानगरको प्रमुख समस्याको रुपमा रहेको फोहर मैला व्यवस्थापन, नाला सफाई र लामखुट्टे नियन्त्रणका लागि एक महिने सरसफाई घरदैलो अभियान नै चलाउने जनाएको छ भने सफाईकर्मी आए÷नआएको र फोहोर संकलन भए÷नभएको गुनासो सुन्न संयन्त्र बनाउने प्रतिबद्दता पत्रमा उल्लेख छ ।

डुबान समस्याको स्थायी समाधान, बजार क्षेत्रमा नयाँ शौचालय निर्माण, बृक्षरोपण, पार्क निर्माण, कालो झोला नियन्त्रण, अब्यवस्थीत तार व्यवस्थापन र सिर्सिया नदिको प्रदुषण नियन्त्रण जस्ता विषयलाई प्राथमिकताको साथ पेश छ ।

ट्राफिकलाई व्यवस्थापन गर्न महानगरको छुट्टै ट्राफिक प्रहरीको स्थापना, फुटपाथ व्यवस्थापन, छाडा चौपाया नियन्त्रण तथा भाडाका सवारीको रुट तथा संख्याको सिमा निर्धारण गरीने गठबन्धनले बताएको छ ।

शिक्षाको पहुँच बाहिर रहेका बालबालिकाको लागि विद्यालय भर्ना अभियान गर्नुका साथै सरकारी विद्यालयको गुणस्तर बृद्दि, शिक्षकलाई तालिम र विद्यार्थीलाई नैतिक शिक्षामा जोड दिईएको छ ।

भएका सामुदायीक तथा सरकारी विद्यालयमा प्राविधिक शिक्षामा जोड दिँदै नयाँ पुर्ण प्राविधिक विद्यालय स्थापना गरीने जनाएको छ । गरिब तथा विपन्न नागरिकका लागि निशुल्क सेवा आयोगको तैयारी कक्षा सञ्चालन गर्नुका साथै ग्रामिण क्षेत्रमा कन्या मावि तथा कलेजको स्थापना गर्ने योजना अघि सारीएको छ ।

ठाकुरराम क्याम्पसको पुर्वाधार विकासमा सहयोग गर्नुका साथै वीरगञ्ज विश्वविद्यालय निर्माणको पहल गरीने प्रतिबद्दता पत्रमा उल्लेख छ ।

गठबन्धनले वीरगञ्जलाई मेडिकल हबको रुपमा बिकास गर्दै प्रत्येक वडामा एकजना स्वास्थ्य सहायक, नर्स र बर्थिंग सेन्टरसहितको स्वास्थ्य चौकी निर्माण गर्ने, निशुल्क आँखा अप्रेशन र सहुलीयत दरको एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ ।

पुर्वाधार विकासमा नेपालमै नमुना हुने गरी व्यवस्थीत गोदाम, पार्किङ लगाएतको सुविधा सहितको ट्रान्सपोर्ट नगर स्थापना गर्ने, घण्टाघरमा ओभर ब्रिज निर्माण, चक्रपथमार्फत वीरगञ्ज महानगरका ३२ वटै वडालाई सडकसञ्जालमा जोड्ने योजना पनि घोषण पत्रमा समेटिएको छ ।

युवालाई स्वरोजगार बनाउनेदेखि उद्योगमैत्री नीति निर्माण, बन्द रहेका वीरगञ्ज चिनी कारखाना, कृषि औजार केन्द्र लगायतलाई सञ्चालन गर्न पहल गर्ने योजना समावेश गरिएको छ । श्रम सम्मान परियोजना सञ्चालन गर्ने, सिप विकास तालिम केन्द्रको स्थापना, व्यवसायीक क्षेत्रको विवाद समाधान गर्न विवाद समाधान तथा व्यापार कल्याण बोर्डको स्थापना गर्ने जनाईएको छ । कर प्रणालीलाई समयसापेक्ष र करदातामैत्री बनाउने उल्लेख छ ।

महिलालाई पुरुष समान ज्याला, हिंसा पिडीत महिला तथा बालबालिकालाई निशुल्क कानुनी परामर्श सेवा, गर्भवती महिलालाई पोषण भत्ता, निशुल्क ग्यास चुल्हो वितरण जस्ता कार्यक्रमहरु पनि प्रतिबद्दता पत्रमा समेटिएको छ ।

खेल मैदानको स्तरोन्नती, खेलाडिलाई प्रोत्साहन भत्ता, रोजगारी र सम्मानको विषयलाई पनि गठबन्धनले प्राथमिकतामा राखेको छ । शहिद परिवारको सदस्यमध्य एकजनालाई महानगरमा रोजगारी, वीरगञ्जमा साहित्य महोत्सवको आयोजना, कमजोर आर्थीक अवस्थाका जेष्ठ नागरीकलाई आस्था अनुसार धार्मीक भ्रमणको व्यवस्था गर्ने जनाईएको छ ।

यसका साथै चौथो अंगको रुपमा रहेको पत्रकारको क्षमता अभिबृद्दिका लागि अध्ययन भ्रमण र फेलोसिपको व्यवस्था गर्ने उल्लेख छ । पत्रकारलाई दुर्घट्ना तथा स्वास्थ्य विमा, लोककल्याणकारी विज्ञापन र उत्कृष्ट कार्य गर्ने पत्रकारलाई पुरस्कार तथा सम्मान व्यवस्था गर्ने लगाएतको विषय गठबन्धनको प्रतिबद्दता पत्रमा समेटिएको छ ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार राजेशमान सिंह, उपमेयर पदका उम्मेदवार ईम्तीयाज आलम, नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहा, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एकिकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, जनार्दन यादव, प्रदेश सांसद जन्नत अंसारी, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, नेता श्याम पोखरेल, रामआश्रय रामलगायत सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button