अन्तराष्ट्रिययस्तो पनि

एउटै आमाको गर्भबाट एकैपटक जन्मिएका नौ बालबालिका

मालीमा एक महिलाले एकैपटक नौ सन्तान जन्माएको एक वर्ष पुगेको छ। ती बच्चाले पहिलो जन्मोत्सव मनाउँदै गर्दा तिनका बुवाले उनीहरू सबैको स्वास्थ्य राम्रो भएको बताएका छन्।

नौ वटा सन्तान जन्माएका हालिमा सिसे र एड्जुदान्त कादेर आर्बीले एकैपटक सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्वकीर्तिमान कायम गरेका थिए। ती बालबालिकाको बिहीवार पहिलो जन्मदिन हो।

“अहिले उनीहरू सबै जना बामे सर्न थालेका छन्। कोही बस्न सक्छन्, कोही चाहिँ केही कुरामा समातेर टुकुटुकु हिँड्न सक्ने भएका छन्,” माली सेनामा रहेका आर्बीले भने।

उनीहरूको अझै पनि मोरोक्कोस्थित एउटा क्लिनिकमा हेरचाह भइरहेको छ। त्यही क्लिनिकमा उनीहरू जन्मिएका थिए। आर्बीका अनुसार २५ वर्षीया आमा हालिमा सिसेको अवस्था पनि सन्तोषजनक छ।

“परिस्थिति सजिलो छैन तर राम्रो छ। कहिलेकाहीँ थकाइ लाग्छ तर सबै सन्तानको स्वास्थ्य राम्रो छ भन्ने कुराले केही राहत दिन्छ। हामी सबै थकान बिर्सिन्छौँ,” उनले भने। बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button