No Image Headlineदेशमुख्य खबर

चितवनमा ५ दलीय गर्जन-ओलीको प्रतिगामी चरित्र उन्मुलन गर्न गठबन्धन !

Thrill Factory
Rungta Group

पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै स्थानीय निर्वाचनपछि पनि गठबन्धनको आवश्यकता हुनेमा जोड दिएका छन्।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल तथा अन्य वरिष्ठ नेताहरूले केपी ओलीको प्रतिगामी चरित्रलाई पूर्ण रुपमा उन्मुलन गर्न गठबन्धन आवश्यक परेको बताएका हुन् ।

नेपाली कांग्रेसका सभापति पनि रहेका देउवाले सरकार निर्माणमा गठबन्धन अपरिहार्य भएको बताए भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन नभए देश दुर्घटनामा पर्ने खतरा औँल्याए।

सत्ता गठबन्धनको एउटा प्रमुख साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी माइली छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकामा गठबन्धनले साझा उम्मेदवार बनाएको छ।

तर गठबन्धनलाई चुनौती दिँदै सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

भरतपुरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी तालमेल गरेका छन्। एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ।

निर्वाचनका लागि मौन अवधि सुरु हुन एक साताभन्दा कम समय बाँकी रहँदा दलहरूको चुनावी प्रचारप्रसार र सभाहरू तीव्र भएका छन्। प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा भरतपुर महानगरको धेरै भाग पर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button